बैशाख २३, काठमाडौं । नेकपाभित्रको रस्साकसी सघन छलफलसँगै संसदीय दलको जोड-घटाऊसम्म आइपुगेको छ भने स्थायी कमिटी सदस्यहरू पनि पक्ष विपक्षमा देखिएका छन् । केन्द्रीय सचिवालयमा उपाध्यक्ष बामदेव गौतमको साथ पाएपछि बहुमतमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीका लागि वैशाख २५ मा बस्ने स्थायी कमिटी बैठक पेचिलो बन्नेछ । स्थायी कमिटीमा करिब दुई तिहाई सदस्यहरु ओलीको विपक्षमा हुनेछन् ।
यदि ओली र प्रचण्डबीच मंसिर ४ को सहमतिअनुसार अघि बढ्ने मोडालिटीमा सहमति भएको हो भने पूर्वमाओवादी पक्ष उनी विरुद्ध आक्रामक हुने छैन । त्यो अवस्थामा माधव नेपाल पक्ष मात्र उनको विपक्षमा उभिँदा विरोधीको संख्या कम हुने आशा ओली पक्षको छ ।
यद्यपि प्रचण्डले माधव नेपाल र झलनाथ खनाललाई आफ्नो साथमै राख्न खोजिरहेका छन् । पूर्वमाओवादीका स्थायी कमिटी सदस्यहरुमध्ये हाल ओली सरकारमा मन्त्री रहेकाहरुले प्रधानमन्त्रीको राजीनामा माग्ने वा चर्को विरोध गर्ने सम्भावना भने छैन । माधव नेपाल निकट नेताहरु भने प्रधानमन्त्रीको राजीनामा माग्ने तयारीमै देखिन्छन् ।
अहिले नेकपामा ३ वटा शक्ति देखिएका छन् । पहिलोमा केपी ओली, दोस्रोमा पुष्पकमल दाहाल प्रचण्ड र तेस्रोमा माधवकुमार नेपाल । प्रचण्ड पक्षका ५ जना र माधव नेपाल पक्षका २ जना स्थायी कमिटी सदस्य प्रधानमन्त्रीको राजीनामाको विपक्षमा नबोल्दा ओलीलाई राहत हुनेछ । तैपनि उनको पक्षमा बहुमत जुट्दैन ।
४४ सदस्यीय स्थायी कमिटीमा प्रचण्ड र माधव नेपाल पक्षमा ३० सदस्य छन् । २० जनाले त यसअघि नै हस्ताक्षर नै संकलन गरिसकेका छन् । त्यसमा ३ जना मात्रै थपिँदा स्थायी कमिटीमा ओलीको विपक्षमा बहुमत पुग्छ ।
स्थायी कमिटीको कुन पक्षमा कोको ?
ओली समूह (१४ जना)
केपी ओली
वामदेव गौतम
ईश्वर पोखरेल
रामबहादुर थापा बादल
विष्णु पौडेल
सुवास नेम्वाङ
सत्यनारायण मण्डल
रघुवीर महासेठ
पृथ्वीसुब्बा गुरुङ
किरण गुरुङ
शंकर पोखरेल
प्रदीप ज्ञवाली
छविलाल विश्वकर्मा
विष्णु रिमाल ।
प्रचण्ड समूह (१७ जना)
पुष्पकमल दाहाल प्रचण्ड
नारायणकाजी श्रेष्ठ
वर्षमान पुन
शक्ति बस्नेत
जनार्दन शर्मा
हरिबोल गजुरेल
चक्रपाणि खनाल
लीलामणि पोखरेल
मणि थापा
पम्फा भुसाल
मातृका यादव
गणेश शाह
देव गुरुङ
लेखराज भट्ट
देवेन्द्र पौडेल
टोपबहादुर रायमाझी
गिरिराजमणि पोखरेल ।
माधव नेपाल समूह (१३ जना)
माधवकुमार नेपाल
झलनाथ खनाल
भीम रावल
अष्टलक्ष्मी शाक्य
युवराज ज्ञवाली
रघुजी पन्त
बेदुराम भुसाल
घनश्याम भुसाल
भीम आचार्य
गोकर्ण विष्ट
योगेश भट्टराई
सुरेन्द्र पाण्डे
मुकुन्द न्यौपाने ।