कोरोनाबाट मृत्युु र संक्रमित हुनेको संख्या कति पुग्यो ? (अपडेट बिहान ८ बजेको)


बैशाख २५, काठमाडौं । विश्व महामारीको रुपमा रहेको कोरोना भाइरस (कोभिट -१९) को कारण हालसम्म विश्वभर मृत्यु हुनेको संख्या २ लाख ६५ हजार ५६ रहेको छ । यो अवडेट बैशाख २५ गते नेपाली समय अनुसार अहिले बिहान ८ बजेको हो ।

त्यस्तै संक्रमितको संख्या ३८ लाख २२ हजार १ रहेको विश्व स्वास्थ संगठनले जनाएको छ ।
संक्रमित मध्य निको भएर घर फर्किनेको संख्या १३ लाख १ हजार ७ सय  ३६ रहेको छ ।

यता नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । जसमा निको हुनेको संख्या २२ छ ।

प्रकाशित मिति : २०७७ बैशाख २५ गते बिहिवार