दाङमा खसी बाेकेाे मिनि ट्रक दुर्घटना


पूर्ण के.सी. / बैशाख २६, दाङ ।  दाङमा खसी बोकेको मिनि ट्रक दुर्घटना भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ जसपुरमा शुक्रबार राति पौने ९ बजेतिर दुर्घटना भएको हो ।

खसी बोकेर तुलसीपुर बजार आउँदै गरेको भे १ ख ५९९ नम्बरको मिनि ट्रक जनभार पसल नजिक रहेको निमबहादुर केसीको घरमा ठोक्किदा दुर्घटनामा परेको जसपुर प्रहरी चौकीका इञ्चार्ज कृष्ण पुजाराले जानकारी दिए ।

उनका अनुसार  गाडीका चालक सामान्य घाइते भएका छन् भने उक्त मिनि ट्रकमा ५ जना सवार थिए । मिनि ट्रकमा ३७ वटा खसी थिए । घरमा भने क्षति भएको छ ।

प्रकाशित मिति : २०७७ बैशाख २६ गते शुक्रवार