• २०७९ माघ १३ गते शुक्रवार
  • Preeti To Unicode

अब युवाहरु खेतमा देखिने छन्


  • बबि बस्नेत 

गाउँ फर्किएका युवाका लागि सरकारको भावी रणनिति के ?देश तथा बिदेश अहिले जताततै कुरा छ त केबल कोरोना भाईरसको। गाउँ- घर, समाज, सहर, देश, बिदेश जताततै कोराना कै कुरा र चर्चा हुन्छ। कोराना भाईरसबाट मृत्यु हुने र संक्रमण हुने संख्या पनि लाखौं पार गरिसकेको छ। यसो त नेपाल पनि यश बाट अक्षुतो हुन सकेको छैन तर मानव क्षेती चाहिँ अहिले सम्म भएको छैन यो सुखद कुरा हो।

यस भाईरसको बारेमा विभिन्न रास्ट्रहरुमा अध्यन अनुसन्धान भएपनी यश बाट वचन कुनै खोप, औसधिको बिकास भएको छैन तसर्थ आफ्ना नागरिकलाई नेपाल सरकारले यस महमारी बाट बचाउन लक्डाउन गरेको छ। महिनौ दिनको लकडाउनका कारण नेपालको अर्थतन्त्र पनि डाउन हुने अवस्थामा छ भने खाद्यकुराको अभावले भोकमरी निम्तने अनुमान गर्न थालिएको छ।

अहिले न गाडी मोटर चल्छन् नत हवाई उडान नै। भारतिय सिमानाका नाकामा सुरक्षा व्यवस्था कडा बनाउदा बनाउदै पनि लुकिछिपी नेपाल भित्रीने नेपालीको जामात ठुलो छ। यता नेपालका विभिन्न ठाँउमा छरिएका नेपालीको आर्थिक, सामाजिक, मानसिक र शारीरिक रूपमा समस्या परेको गुनासो थाम्न नसकेपछी स्थानीय सरकारले लकडाउनकै अवधीमा थुप्रैलाई गाउँ सम्म फर्काए।

अहिले गाउँमा युवा युवतीको चहलफल धेरै देख्न सकिन्छ। हिजो सम्म मुस्किलले दशै- तिहारमा परदेश देशका भिन्न कुना बाट झोला बिकेर फर्कनेहरु यति बेला काधमा कोदालो, हलो, हातमा हसिया लिएर खेतबारीमा कोहि जोत्दै त कोहि झाड फाल्दै गरेको देख्न सकिन्छ।

कतिको चल्ला पाल्ने त कति को बाख्रा पाल्ने योजना छ। कोरोनाले गाउँ फर्काईएका युवा र जोशिलो बनेको गाउँका बर्सौ देखि बाझा रहेका जमिनमा कुटो, कोदालो, र हलो खेलिरहेको देख्न सकिन्छ अचेल।

गाउँ-घरमा सहारा नपाएका बुढा बा आमाका आखामा साहारा र साथ पाएका छौ भन्ने कुरा मजाले देख्न सकिन्छ। प्राय बर्ष बिराएर आउने आफ्ना सन्तान आइले आफै सङ बस्ने अनि आफ्नै घर आगन, आफ्नै खेतबारीमा काम गरेको देख्दा खुसी र सुखी देखिन्छन् ।

सन्तान टाढा हुँदा आफुले शारीरिक,मानसिक रुपमा भोगेको भोगाईलाई मनभित्रा सोचेर छोरा, छोरी, नाति,नातिनी, बुहारिले पैदल हिडेर टाढा बाट आउदा बाटैमा नखाएको खास र नपाएको बाँसले दिएको त्यो पीडा देखेर, सुनेर अब मिठो मसिनो जे हुन्छ यहि नेपालमा आफ्नो ठाँउमा गरि खाउला भनी सम्झाउदै छन् ।

कतिलाई त यो कुराले मन छोएको छ त कत्तीलाई भने यो सबेरै उठ्ने, घर सफा गर्ने , चिया बनाएर खुवाउन पर्ने, कालो भाडा माज्न पर्ने, दाउरा बाल्न पर्ने ,आफ्ना काधमा कोदालो हातमा हसिया, माटोले फुटेका हात्खुट्टा,मुख हेरेर अतालिएका छन् । सहरमै हुर्केका उतै बसेरव टिभी नेट गाडी सिनेमामा रमाउनेहरु लाई दिन काट्न धौधौ भयेको छ। गाउँ फर्केकाहरु मध्य कृषि पेसा कतिलाई रहर भएको छ त कतिलाई बध्ययाता।

यो समय भनेको मकै रोप्ने, धानको बीउ राख्ने, भिन्न तरकारीहरु लगाउने बेला हो। किसानले धान र मकैका बिउको लागि स्थानीय सरकार लाई झकझकाई रहेका छन् । स्थानीय सरकार काम गर्न खोजपनि केन्द्र सरकार सत्ता कसरी जोगाउने, माहामारीको नामामा रकम कसरी पचाउने भन्ने कुरा नै सोच्दै बसेको देखिन्छ।े

प्राय धेरै जसो गाउँ फर्केकोले शहर शान्त र सुन्दर भएको खुसिमा सिमित नेताहरु काठमाण्डौमा कुर्सिकै खेल खेल्न ब्यस्त छन्।सत्ता र कुर्सीको खेलमा लिप्त नेताहरु भारतले सिमा मिच्दा आफुलाई थाहा नभएको ढोङ गर्छन् ।

राहतका नाममा कुहिएको चामल बाड्ने त कहिले गरिबका घरमा राहत पुर्याउन नसक्नुले देशका जनतामा बितृसना आएको छ।न त किसानले अहिले मल पाएका छन् न त बीउ नै न त छ सिचाइको सुबिधा। कतै कोसैले यी सबै कुरा पुगाएर उत्पादन गर्दा उसको तरकारीले बजार नपाएर खेतबारीमा कुहिने अवस्था छ।

भारत बाट ट्रक का ट्रक तरकारी भित्रनु अनि आफ्ना देशका किसान खेतवारिमा तरकारी कुहिने बाताबरण सृजना गर्नु, समयमा मल, बीउ नपाउनु अनि श्रम र मेहनतले उचित कदर नहुनुले गाउँ-गाउँमा कृषी गर्ने भने फर्केका युबालाई सरकारको यस्तो रणनीतिले प्रोत्साहित गर्छ कि निरुत्साहित? सरकारको ध्यान जावोस।

लेखक बबि बस्नेत दाङ तुलसीपुर निवासी हुन् 

प्रकाशित मिति : २०७७ बैशाख २७ गते शनिवार