बैशाख २८, दाङ । प्रहरीको दमन विरुद्ध बन्द हुँदै आएको तुलसीपुर बजार भोलि आईतवार देखि संचालनमा आउने भएको छ । जिल्ला प्रशासन, स्थानीय प्रहरी, व्यवसायी र जनप्रतिनिधिबिच आज भएको छलफलपछि भोलिदेखि तुलसीपुरमा अत्यावश्यक पसल भोलि बाट दैनिक २ घन्टा बिहान ६ देखि ८ बजे सम्म खुल्ने भएको हो ।
पसल खोलेको समयमा शुक्रबार प्रहरीले व्यवसायीमाथि दुख दिएको भन्दै व्यवसायीले पसल बन्द गरेका थिए । प्रहरीले अब त्यस्ता घटना नदो¥याउने सहमतिपछि व्यवसायीले पसल खोल्न सहमति जनाएको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरवहादुर रावतले जानकारी दिनुभयो ।
लकडाउनको समयमा अत्यावश्यक पसलका साथै सामान बोक्ने गाडीहरुलाई समेत चल्न दिने निर्णय गरिएको छ । बजारमा रहेको अस्तव्यस्त हटाउने र अत्यावश्यक पसल सूचारु पनि हुन दिने गरी निर्णय गरिएको तुलसीपुर उपमहानगरपालिकाका कार्यावाहक नगरप्रमुख नवराज लामिछानेले बताउनुभयो ।