दाङमा लिपुलेक बारे नेबि संघ र तरुण दलको दबाब बिरोध


बैशाख २७, दाङ । दाङ तरुण दल र नेविसंघले सीमा रक्षाको निम्ति यथाशीघ्र उचित कदम चाल्न सरकारको ध्यानाकर्षण गराउनको लागि विपी चोकमा शान्ति पूर्ण विरोध कार्यक्रम गरेको छ ।

भारतले नेपालको भूमि लिपुलेक हुँदै चीनको कैलाश मानसरोबर जोड्ने सडक बनाउँदा नेपाली नागरिकको आत्मामा गहिरो चोट पुगेको भन्दै तरुण दल र नेविसंघले भूमि रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

दाङ जिल्ला तरुण दलका अध्यक्ष टिका घर्ति र नेविसंघका जिल्ला कोषाध्यक्ष अरुण लहरेले शनिबार विपी चोकमा शान्ति पूर्ण विरोध कार्यक्रम गरेक छन। विरोध गर्दागर्दै भनेका छन्, ‘कुनै पनि सार्वभौमसत्ता सम्पन्न राष्ट्र माथि अन्य मुलुकद्वारा कुनै पनि क्षेत्रमा गरिने हस्तक्षेप त्यस देशका नागरिकहरुलाई सह्य हुँदैन ।’

प्रकाशित मिति : २०७७ बैशाख २७ गते शनिवार