विप्लव नेतृत्वकाे नेकपाले सल्यानमा माेदीका पुत्ला जलायाे


बैशाख २९, सल्यान । भारतले नेपाली भुमि कालापनी, लिपुलेक र लिपियाधुरी आफ्नाे क्षेत्रमा पारेर सडक खनेकाे भन्दै चाैतर्फी बिराेध भैरहेकाे बेला नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाले सल्यानमा भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे पुत्ला जलाएकाे छ ।

साेमबार साँझ उक्त पार्टीले सल्यान दार्मा गाउँपालिकाकाे जलेखर्क, बनगाड कुपिण्डे नगरपालिकाकाे कप्लेनी, बागचाैर नगरपालिकाकाे रारेचाैर र कुमाख गाउँपालिकाकाे माैलाहाल्नेमा माेदीकाे पुत्ला जलाएकाे जिल्ला सेक्रेटरी तुफानले बताए ।

त्यस्तै जिल्ला इन्चार्ज लाेक्पालले नेपाली भुमी भारतले लिएर सडक खन्दा सम्म वली सरकार राष्टबादबाट उदांगाे भएकाे बताए । राष्टबादका थुप्रै नारा लगाउने वली सरकार अहिले भारतकाे पुरै गुलाम बनेर बाेल्न नसकेकाे उनले बताए ।

प्रकाशित मिति : २०७७ बैशाख २९ गते सोमवार