- महेश हिताङ्ग
हालको परिदृश्यमा विश्व मानव को अस्तित्वनै सिध्याउने गरि विज्ञान तथा प्रविधिलाई समेत ठाडो चुनौति दिदै आफ्नो प्रभाव बढाई रहेको माहामारीको यात्रामा विश्राम लागाउन श्रृष्टिकै बौद्धिक प्राणी मानव समुदायलाई हम्मे हम्मे परेको सत्यता बाट हामी कोहि अनविज्ञ छैनौं । मानव समुदाय सगै सारा श्रृष्टिको अन्त्यका विषयमा महान वैज्ञानिक स्टेफिन हकिंङ्ग ले सन १९८८ मा प्रकाशित आफ्नो पुस्तक “समयको संक्षिप्त ईतिहा;”- A Brief History of Time मा दुनियाको अन्त्य गराउने कारक मध्य “माहामारि” पनि एक मुख्य कारक हुनेछ भनेर लेखेका छन । जुन कुरा अहिले वास्तविक्तामा परिणत हुदै गएकोे महशुस गर्न थालिएको छ ।
जसअनुरुप २१ औं शताब्दिको सुरुवात संग संगै फैलिएका माहामारिहरु मध्य पछिल्लो समयमा पुरा विश्वनै आंतकित वनाईरहेको नोभेल कोरोना भाईरस –COVID – 19_ लाई पनि एक ताजा दृष्टान्तका रुपमा लिन सकिन्छ । कोरोना को मानव यात्रा का विषयमा व्यक्ति विषेश धारणाहरु आएता पनि माहामारिको श्रोत विज्ञानले पुष्टि गर्न वाकिनै छ तर माहामारी सृजना गर्ने र माहामारिमा परिणत हुन टेवा पर्याउने कारक तत्वहरु मध्य, सरसफाई लाई पनि मुख्य आधार मान्न सकिन्छ ।
मानविय स्वस्थ्यमा संकट सृजन गर्ने खालका रोग उत्पन्न भई माहामारी को रुपमा परिणत हुने अधिकास माहामारि मानिसका अस्वस्थकर व्यवहार वाट उत्पत्ति हुने गरेको तथ्याङ्कले देखाउने गरेको छ । विपद तथा माहामारि जस्ता सकंटहरु मानिस कै कु–कर्म संग जोडिएर आउने गरेकै कारण हालका दिनमा सरसफाईको दायरा फराकिलो वनाउदै प्रतिष्ठा, स्वास्थ्य, विकास निर्माण, जनजिविका, सामाजिक सशक्तिकरण र समृद्धिको आधारस्तम्भको रुपमा विस्तरित भई सरसफाइलाई राष्ट्रिय विकासको अभिन्न अंगको रुपमा लिन थलिएको छ ।
तर्सथ सारा विश्वका मानिस, पृथ्वी र समृद्धिका लागि वनाएको कार्ययोजना दिगो विकास लक्ष्य –SDG_ प्राप्त गर्न स्वस्थ्य तथा सरसफाई लाई एक मुख्य उश्देयका रुपमा राखिएको छ र त्यहि उदेश्य अनुरुप “सवैका लागि र सधैका लागी पुर्ण सरसफाई” भन्ने नारा सहित नेपालले पनि सन २०३० सम्म पुर्ण सरसफाई युक्त देश घोषणा गर्ने लक्ष्य लियको छ ।
उक्त लक्ष्यमा पुग्न पुर्ण सरसफाई को पहिलो खुडकिलो खुल्ला दिशामुक्तको अभियानले गत वर्षमात्र वि.स २०७६ असोज १३ –30 September, 2019_ गतेका दिन खुल्ला दिशामुक्त देश घोषणा गरि पुर्णता पाए संगै पुर्ण सरसफाईको अभियानका कार्यक्रम संचालनका लागि वाटो सहज गरिदिएको छ ।
माहामारिमा पुर्ण सरसफाई किन ?
पुर्ण सरसफाई को अभियानका रुपमा संचालनकै क्रममा रहेका वेला फैलिएको कोरोनाको माहामारि बाट सुरक्षित रहन अप्नाउन पर्ने व्यवहार का धेरै कुरा पुर्ण सरसफाई का सुचक संग सम्वन्धित भएको हुदा यो माहामारि ले ल्यायको संकट लाई अवसरका रुपमा लिनसकिने देखिन्छ । सरसफाई अभियानका लागि तोकिएका सफा र स्वच्छ, दुवैचरणका सुचकलाई व्यवहारमा अवलम्वन गरि सरसफाई उन्मुख हुने गतिविधिनै पुर्ण सरसफाई हो । पुर्ण सरसफाई का लागि तोकिएका ७ सुचकहरु,
१. प्रत्यक स्थानिय तहमा WSH Plan तयार गरि कार्यान्वायन भएको हुनु पर्ने
२. प्रयोगकर्तामैत्रि शौचालयको प्रयोग गरेको हुनु पर्ने
३. सावुन पानिले मिचि मिचि हात धुने र व्यक्तिगत सरसफाई गर्ने वानिको विकास गरेको हुनुपर्ने
४. सफा र सुरक्षित पानिको प्रयोग गरेको हुनुपर्ने
५. सुरक्षित खानाको प्रयोग
६. घरायसि एंव संस्थागत सरफाई गर्ने
७. सार्वजनिक स्थल र
वातावरणीय सरसफाई गर्ने लगाएतका समपुर्ण क्षेत्र फोहर रहित वनाउन गरिने गतिविधि लाई सम्वन्धित सरसफाई समन्वय समितिको अनुगमनले प्रमाणि गरेको खण्डमा पुर्णसरसफाई क्षेत्र घोषणा गर्न सकिने पुर्णसरसफाई मार्गदर्शन २०७३ मा व्यवस्था गरीएको छ ।
कोरोना भाईरसले आक्रान्त वनाईरहेको यो संकटको घडिमा संम्यमता र चतु¥याई का साथ अवसरका रुपमा प्रयोग गर्न सकेको खण्डमा नेपालले सन २०३० सम्मको पुरागर्ने लक्ष्य कोरानाको नियन्त्रण संगै पुरा गर्न सकिनेमा आशावादि हुन भने सकिन्छ । भनिन्छ समस्या खोज तथा अन्वेषण को जननि हो । समस्या संग संगै समाधान, अवसरहरु पनि आएका हुन्छन कुरा त्यति मात्र फरक हो हामि कसरी त्यसलाई उपयोग गर्न सक्छौ ।
जसरी अहिले विज्ञहरु कोराना भाईरस को नियन्त्रणका लागी समाजिक दुरि कायम गर्ने, पटक पटक सावुन पानिले मिचिमिचि हात धुने, सरसफाई मा विषेश ध्यान दिने जस्ता व्यवहार लाई अवलम्वन गर्न जोड तोडले सुझाई रहेका छन र राज्यले पनि सम्पुर्ण श्रोत तथा साधन मानविय क्षति हुन नदिन र भाईरस नियन्त्रण भन्दा वाहिर जान नदिन पुरै ताकत लगाईरहेको अवस्थामा राज्यले सरकारी तथा गैह्रसरकारी संमयन्त्र संगको समन्वय गरि पुर्ण सरसफाईका गतिविधि संचालन गर्न प्रभावकारी रणनिति वनाउने र कार्यान्वयन गर्न सक्दछ, अहिले को वन्दा वन्दिको समयमा आम मानिस घरभित्रै वसेर संचारमाध्यमका श्रोतहरु रेडियो, टिभि, इन्टरनेट को अत्याधिक प्रयोग गरिरहेको अवस्थामा उक्तमाध्म लाई अवसरका रुपमा प्रयोग गरि पुर्ण सरसफाई को कुरालाई जोडन सकेमा पनि अभियानलाई सफल गराउन सहजहुने देखिन्छ ।
भाईरसको त्रासिदीले कसरि, कुन र के तरिका अप्नाउदा यो रोगले छुनसक्दैन भन्नेकुराले हरेक नागरिका मनमा खस खसको विषय वनिरहेको वेला अहिल गर्ने हरेक क्रियाकलाप एक ट्रिगेरिङ्ग वन्न सक्दछ । हिजो सम्म हात धुने विषय लाई खासै गम्भिरताका साथ नलिने मानिस अहिले हात धुने प्रक्रिया सिक्न खोजिरहेका र व्यक्तिगत सरसफाई लाई गम्भिरताका साथ लिएको देखिन्छ ।
माहामारीका रुपमा फैलने अधिकास रोग प्रदुषण युक्त वातावरण, मानिसका अस्वस्थकर व्यवहार, पशुपन्छिको सम्पर्कवाट सुरुवात हुने हुदा पुर्ण सरसफाइका सुचकको सादर अवलम्वन गर्न सके अहिलेको जोखिम वाट र आगामि दिनमा यस्तै प्रकृतिका माहामारि फैलन नदिन सफल हुनेछौ भन्नेकुरा लाई आम मानिसमा सचेतना वढाउन सकेमा पनि पुर्ण सरसफाइ को अभियान लाई पुर्णता दिन यो माहामारीको भयाभव अवस्था लाई एक अवसर वन्न सक्दछ ।