चेतना सहकारीद्वारा बागचौर नगरपालिकालाई १० हजार सहयोग


सुनिल डाँगी/ बैशाख ३०, सल्यान । कोरणा भाइरस रोकथाम, नियन्त्रण तथा उपचार गर्न लागी सल्यानको बागचौर नगरपालिकाले स्थापना गरेको विपत व्यवस्थापन तथा राहत कोषमा आर्थिक सहयोग जम्मा हुने क्रम जारी रहेको छ ।

यसैक्रममा चेतना सामाजिक उद्यमी सहकारी संस्था शाखा कार्यलय बागचौरले मंगलबार सहयोग हस्तान्तरण गरेको छ । नगरको कोषमा उक्त संस्थाले १० हजार २५ रुपैयाँ सहयोग गरेको शाखा प्रमुख पार्वती के.सी. भण्डारीले बताइन् ।

सहयोग रमक बुझ्दै नगरपालिका निमित प्रमुख तथा स्वास्थ्य प्रमुख हरी कठायतले सहयोग गरेको भन्दै चेतना सहकारी संस्थालाई धन्यबाद दिए । उनले यो विपतको बेला सहयोग गर्न अरुलाई पनि आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०७७ बैशाख ३० गते मङ्गलवार