जेठ २, सल्यान । सल्यानमा प्रहरीले बेवारिसे अवस्थामा फेला परेको सोलारका प्यानल बरामत गरेको छ । जिल्लाको बागचौर नगरपालीका वडा नम्बर ८ कोटमौलामा फेला परेको १२ थान सोलारको प्यानल प्रहरीले बरामद गरेको हो ।
बिहिबार जंगलमा बेवारिसे सोलारको पाता देखेर स्थानीयले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यलय थारमारेको टोलीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । जंगलमा १० वटा र हेलो नेपाल टावरको कार्यलय भित्र २ वटा सोलारका प्यानल फेला पारी बरामद गरेको प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए ।
सोलारको प्यानल जंगलमा भेटिएकाले कसैले चोरेर जंगलमा फालेको हुन सक्ने प्रहरीको भनाई रहेको छ । सबै प्यानल प्रहरीले इप्रका थारमारेमा ल्याएर राखेको जनाएको छ ।
तस्बिर : जिल्ला प्रहरी कार्यालय सल्यान