जेठ २, दाङ । बाँकेका ८ जना काेराेना संक्रमितलाइ दाङकाे काेराेना अस्तपतालमा ल्याइएकाे छ । शुक्रबार बाँके नरैनापुर गाउँपालिकाका आठ जना कोरोना संक्रमितलाई एउटै एम्बुलेन्समा राखेर बेलझुण्डी स्थित कोरोना बिषेश अस्पतालमा ल्याइएकाे हाे ।
बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार एम्बुलेन्स चालक खोज्न कठिन भएको हुँदा एउटै एम्बुलेन्समा राखेर दाङ ल्याईएको हो । उनीहरुलाई बाँकेबाट तीन घण्टामा दाङ ल्याइएको हो ।
बाँकेको खजुरास्थित कोरोना विशेष अस्पतालमा रहेका २५ आइसोलेनस बेड मध्य सबै भरिएको हुँदा शुक्रबार नयाँ थपिएका ८ कोरोना संक्रमितलाई दाङ ल्याईएको हो।