जेठ ४, सल्यान । सल्यानकाे प्रमुख व्यापारी केन्द्र श्रीनगरमा महाेत्सव लागेकाे ३ महिना बितिसक्दा समेत फाेहाेर व्यवस्थापन हुन सकेकाे छैन् । सल्यान उद्याेग वाणिज्य संघले गएकाे माघ २९ गतेदेखि फागुन १३ गतेसम्म संचालन गरेकाे महाेत्सवकाे फाेहाेर अहिलेसम्म उठाइएकाे छैन् ।
श्रीनगरकाे टाउनपलानीङमा १४ दिनसम्म संचालन गरिएकाे उक्त प्रादेशिक कृषि, पर्यटन, उद्योग, व्यापार तथा सांस्कृतिक महोत्सव २०७६ काे फाेहाेर २०७७ जेठ महिनासम्म पनि व्यवस्थापन नगर्दा शारदा नदिनमा बालुवा र गिट्टी बनाउने मजदुरहरुले दुर्गन्ध सहनुपरेकाे गुनासाे गरेका छन् । मेला लागेको महिनौ बितिसक्दा पनि फोहोर व्यवस्थापन नगरेकोले उक्त फोहोर हावाहुरीले शारदा खोलामा मिसिएर धेरै दुर्गन्धित भएको उनिहरूकाे गुनासाे छ ।
शारदा नदि नजिकै रहेकाे महाेत्सवकाे फाेहाेरले खाेलामा सरसफाइ गर्न जाने मानिसहरुले समेत उल्टो रोग लाग्ने डर भएको बताउछन । महाेत्सव सम्पन्न भइसकेपछिका अन्य बाँकी काम समेत अहिलेसम्म पुरा गरेकाे देखिदैन् । महाेत्वसमा सामाग्री खरिद, मजदुर खर्च, प्रचारप्रसार खर्च समेत अहिलेसम्म आयाेजकले भुक्तानी नगरेकाे पीडितहरूले बताएका छन् ।
यता सल्यान उद्याेग वाणिज्य संघका अध्यक्ष बीर बहादुर चलाउनेले महाेत्सवकाे नाममा रहेकाे केही फाेहाेरमा अन्य श्रीनगरबासीले लगरे थुपारेकाे हुँदा समस्या भएकाे बताए । लेकाली अनलाइनसँग कुरा गर्दै उनले भने, ‘हामीले धेरैजसाे फाेहाेर त्यही जलाएका हाैं । केहि बाँकी रहेकाे थियाे, त्यसैमा लगरे अरु कसैले थुपारेकाे हाे ।’ उनले अब तत्काल उक्त फाेरलाइ व्यवस्थापन गर्ने र त्यसपछिकाे बाँकी जिम्म आफुहरूले लिन नसक्ने बताएका छन् ।