जेठ ५, काठमाडौं । आइतबार साँझ पुन: तीनजना कोरोना संक्रमित थपिएसँगै नेपाल संक्रमितको कुल संख्या २९५ पुगेको छ। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणबाट धनकुटा निवासी ३४ वर्षीया महिला र विराटनगर निवासी २९ वर्षीया महिला र ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोनाको संक्रमण ३० जिल्लामा फैलिइसकेको छ । आइतबार बिहान बाँकेको नरैनापुर ५ का २५ वर्षका पुरुषको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भएइसकेको छ। त्यसअघि हिजो शनिबार सिन्धुपाल्चोककी एक सुत्केरीको पनि धुलिखेल अस्पताल ल्याइँदै गर्दा कोरोनाकै कारण निधन भएको थियो ।
कुल संक्रमितमध्ये ३६ जना उपचारपछि निको भएर घर फर्किसकेका स्वास्थ्य तथा जनसंख्या मन्त्रायलको तथ्याकं छ। सबैभन्दा बढी संक्रमित प्रदेश नम्बर २ मा १२१ जना रहेका छन्। बागमती प्रदेश र ५ नम्बर प्रदेशका एक–एक जनाको मृत्यु भइसकेको छ।
कुन जिल्लामा कति जना भए काेराेना संक्रमित
पर्सा ९१
कपिलवस्तु ४२
बाँके ३४
उदयपुर ३३
रुपन्देही २८
रौतहट १३
काठमाडौं ९
धनुषा ६
कैलाली ४
बारा ३
चितवन ३
दाङ ३
महोत्तरी ३
बाग्लुङ २
बर्दिया २
झापा २
मोरङ २
सर्लाही २
भक्तपुर २
भोजपुर १
धादिङ १
धनकुटा १
कञ्चनपुर १
काभ्रेपलाञ्चोक १
मकवानपुर १
नवलपरासी (पूर्व) १
नवलपरासी (पश्चिम) १
सप्तरी १
सिन्धुपाल्चोक १
सिरहा १
कुन जिल्लामा कति जनाकाे काेराेनाबाट मृत्यु भयाे
बाँके १
सिन्धुपाल्चोक १
कुन जिल्लामा कति जना काेराेनाबाट निकाे भए
पर्सा ३
उदयपुर १५
रुपन्देही १
रौतहट १
काठमाडौं ५
कैलाली ४
चितवन २
बाग्लुङ २
झापा १
भोजपुर १
कञ्चनपुर १