नेपालमा ९ जना सुरक्षाकर्मी र ५ जना पत्रकारलाइ काेराेना


जेठ ५, काठमाडाैं । नेपालमा हालसम्म काेराेना संक्रमितकाे संख्या ३ सय ४ पुगेको छ । जसमा २ जनाकाे मृत्यु भएकाे छ भने ३६ जना निकाे भएर घर फर्किएका छन् । काेराेना संक्रमित फेला परेका मध्ये केहि पत्रकार तथा सुरक्षाकर्मी रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेका काेराेना संक्रमितमध्ये ९ जना सुरक्षाकर्मी ५ जना पत्रकार रहेका छन् ।

अहिलेसम्म सशस्त्र प्रहरी बलका तीन, नेपाल प्रहरीका तीन, नेपाल सेनाका दुई र राष्ट्रिय अनुसन्धान विभागका एक जना गरी ९ जना सुरक्षाकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको हो।

त्यस्तै बारामा फेला परेका कोरोना संक्रमित स्थानिय एफएममा पत्रकार रहेको खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार बाराको करैयामाई–५ निवासी ३८ वर्षीय पुरुषमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जनाएको छ ।

योसँगै नेपालमा कोरोनाभाइरसबाट संक्रमित पत्रकारको संख्या ५ पुगेको छ । यसअघि पर्सामा सक्रिय २, उदयपुरमा १ र जनकपुरमा १ जना पत्रकारमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

नेपालमा हालसम्म ३ सय ४ जनामा काेराेना पुष्टि भएकाे छ । जसमा २ जनाकाे मृत्यु भएकाे छ भने ३६ जना निकाे भएका छन् ।

प्रकाशित मिति : २०७७ जेष्ठ ५ गते सोमवार