जेठ ६, सल्यान । गएकाे जेठ ३ गते लेकाली अनलाइनमा सल्यानमा भोकभोकै बसेकालाई राहत वितरण गर्न उपमेयर जाँदा मेयरको ठाडो आदेशमा रोकियो शिर्षककाे एउटा समाचार प्रकाशित भयाे । समाचारमा शारदा नगरपालिका १ शान्तिनगरका बादी समुदायीलाई राहत वितरण गर्न पुगेका नगरकै उपमेयर र वडा अध्यक्ष सहित दलित सेवा संघ सल्यानलाई मेयरकै ठाडो आदेशमा फिर्ता गरिएको उल्लेख गरिएकाे थियाे ।
त्यसकाे दुइदिन पछि जेठ ५ गते शारदा नगरपालिकाकाे फेसबुक पेजमा ‘लेकाली अनलाइनकाे समाचार उत्तेजना फैलाउने खालकाे भएकाे’ भन्दै आफ्नाे ध्यानाकर्षण भएको जनाइएको छ। नगरकाे फेसबुकमा एकद्वार प्रणालीबाट राहत वितरण गर्न संघिय मामिला मन्त्रालयले स्पस्ट निर्देशन गरेको अवस्थामा राेकिएकाे बताइएकाे छ ।
तर समाचारमा जे थियाे त्यहि बास्तविकता लेखिएकाे छ । जेठ ३ गते श्रीनगरबाट शान्तिनगरमा राहत वितरण गर्न उपमेयर शावित्रा बस्नेत, वडा नम्बर १ का वडा अध्यक्ष नवराज बुढाथाेकी सहित सहयाेगी दाता दलित सेवा संघ सल्यानकाे टाेली हिडेकाे थियाे । तर मेयर सुरेश अधिकारीले आफुलाइ नसाेधेरै एकद्वार प्रणाली मिचेर राहत वितरण गर्न गएकाे भन्दै आफ्नै जनप्रतिनिधिमाथी प्रहरी लगाएर राेके ।
याे कुरा मेयर सुरेश अधिकारीले पनि लेकाली अनलाइनसँग स्वीकार गरेका छन् भने प्रमुख जिल्ला अधिकारी शिवराम पाेखरेलले पनि मेयरकै आदेशमा प्रहरी लगाएर राेकेकाे प्रतिकृया दिएका छन् । जुन समाचारमा खुलाइएकाे छ । त्यस्तै शान्तिनगरका बादी समुदायीहरू भाेकभाेकै बसेकाे, दलित सेवा संघले राहत वितरण गर्न नपाएकाे, उपमेयरले हस्तान्तरण गर्न जाँदा प्रहरीले राेकेकाे उनिहरूले नै भनेकाे कुरालाइ समाचारमा स्पस्ट सँग लेखिएकाे छ ।
याे पनि पढ्नुहाेस्ः सल्यानमा भोकभोकै बसेकालाई राहत वितरण गर्न उपमेयर जाँदा मेयरको ठाडो आदेशमा रोकियो
प्रमाण सहितकाे याे सत्य समाचार लेख्दा लेख्दै पनि मेयर सुरेश अधिकारीले आफ्नाे बचाउका लागि सत्यलाइ पनि झुटाे भनेर नगरपालिकाकाे फेसबुकबाट लेकाली अनलाइनलले गलत समाचार लेखेकाे भनेकाे छन् । उनले यतिसम्म भनेका छन् कि “पत्रकारिताको नाममा आफुलाइ अव्वल साबित गर्न बिषयबस्तुको गहिराइमा नपुगेर समाचार लेख्ने र उत्तेजना फैलाउने खालका शब्दहरुको छनौट गर्ने ?”
उता नगरकै उपमेयरले पनि उक्त लेकाली अनलाइनमा प्रकाशित समाचार आफ्नाे फेसबुकमा सेयर गरेकी छन् । उनले जे भएकाे हाे समाचारमा त्यहि सत्य आएकाे बताएकी छन् । मेयरले एकलाैटी शासन लाद्न खाेजेकाे भन्दै उनले तिताे सत्य मेयरलाइ नपचेर फेसबुकमा यस्ताे लेखेकाे हुनसक्ने समेत बताइन् । घरकाे लडाइ मिलाउन नसकेर मिडियालाइ दाेष दिनु गलत भएकाे उनकाे भनाइ छ ।
आफु मात्रै राहत वितरण गर्न जाने मेयर यसपटक शान्तिनगरमा उपमेयर जाँदा रिसकाे झाेकमा प्रहरी लगाएर वितरण राेक्न लगाएकाे उपमेयर सावित्रा बस्नेतले बताइन् । स्थानीय सरकार संचालन ऐनमा संघ संस्थाहरु सँग समन्वय उपप्रमुखले गर्न पाउने अधिकार हुँदा हुँदै मेयरले त्याे अधिकार खाेसेर जहाँ पनि आफु जान खाेजेकाे उपमेयरकाे भनाइ छ ।
स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १६ को उपदफा ४ (ख) काे बुँदा नम्बर ३ मा स्पस्ट सँग लेखिएकाे छ, ‘गैरसरकारी संघ संस्थाका क्रियाकलापकाे समन्वय उपमेयरले गर्ने’ भनेर । त्यहि अनुसार महामारीकाे बेला भाेकभाेकै बसेका शान्तिनगरका बादी समुदायीलाइ दलित सेवा संघले वडा कार्यालय र उपमेयरसँग समन्वय गरेर उपमेयरकाे नेतृत्वमा राहत वितरण गर्न जाँदा मेयरले प्रहरी लगाएर राेकेका थिए ।
याे ऐन हेर्दा उल्टै मेयरले अधिकार खाेसेर कानुनकाे दुरुपयाेग गरेकाे देखिन्छ । ऐन नै नपढेर उपमेयरमाथी प्रहरी लगाउनु मेयरकाे कमजाेरी स्पस्ट छ । जनप्रतिनिधि भैसकेपछि सबै ऐन कानुन पढ्नुपर्छ । तर मेयरले याे ऐन नपढेका हुन् कि पढेर पनि नपढे जस्ताे गरेका हुन् । जसले उपमेयरकाे अधिकार खाेसेर उपमेयर माथी नै डण्डा बर्साएका छन् ।
कुनैपनि राहत वितरणमा कार्यपालिका बैठक नबसालेरै मेयर आफुखुसी जहाँपनि हिड्ने गरेकाे उपमेयरकाे भनाइ छ । अब कानुनले आफुलाइ दिएकाे अधिकारमा आफु डटेर लाग्ने र काम गर्ने उनले बताइन् ।
यी त भए माथीका कानुनका कुरा । अर्काे कुरा आफैलाइ जिताएर पठाएका जनता भाेकभाेकै बस्दाखेर नगरप्रमुख जस्ताे मान्छे कसैले राहत दिन्छ भने वडा सदस्य सम्मका व्यक्तीलाइ खटाएर तत्काल राहत दिनुपर्ने मानविय धर्म हाे । मेयर अधिकारीले जतिसुखै समाचारलाइ गलत भनेर नगरपालिकाकै फेसबुकबाट पाेस्ट गरेपनि यसपटक भने आफैले गलत गरेर शान्तिनगरका बादी समुदायीकाे नजरबाट गिरेकै हुन् ।
अनौठो त के छ भने यसअघि मेयर अधिकारीले कसैले राहत उपलब्ध गराएमा नगरपालिकाको कार्यपालिका बैठक बसेर वितरण हुन्छ भनेका थिए । तर दलित सेवा संघले शान्तिनगरका बादी समुदायीलाई उपलब्ध गराएको उक्त राहत मंगलबार भने कुनै कार्यपालिका बैठक नै नबसेर वितरण भयो ।
शनिबार उपमेयर र वडाध्यक्ष जाँदा प्रहरी लगाएर रोकेका मेयरले मंगलबार वडाध्यक्ष र दलित सेवा संघका टोली जाँदा रोक्ने आँट गरेनन् । शनिबार राहत रोक्ने र समाचार आइसकेपछि थेग्न नसकेर मंगलबार वितरण गर्न दिनु कानुनी संस्कार नभएर मेयरको नियत भएको बुझिन्छ ।
यो पनि पढ्नुहोस्: लेकाली अनलाइनले समाचार लेखेपछि शान्तिनगरका बादी समुदायीलाइ राहत वितरण गरियाे