पूर्ण के.सी. जेठ ७, दाङ । चलचित्र पत्रकार संघ नेपाल जिल्ला शाखा दाङले आज चलचित्र पत्रकारीता दिवस एवम् संघको २१ औ स्थापना दिवस रक्तदान कार्यक्रमगरि मनाएको छ ।
लकडाउन र कोरोना महामारीमा यो संकटको घडिमा रगतको अभाव हुन नदिन सामाजिकदुरि कायम गर्दै संघको आयोजनामा आज तुलसीपुरको ब्लड बैंकमा संघका पदाधिकारी , पत्रकार तथा तुलसीपुरकै अर्को सकृय ग्रुप दार्ही ग्याङका सदस्यहरुगरि १८ जनाको सहभागीता रहेको थियो ।
रक्तदान गर्नेहरुमा चलचित्र पत्रकार संघ नेपाल दाङका सदस्यहरु राजेश खत्री , भुपेस वलि , संघका सल्लाहकार चेतन रेग्मी रहेका थिए । यस्तै पत्रकार तर्फ रक्तदान गर्नेमा अन्जना चौधरी , झग्गु भन्डारी , एच .आर.मगर रहेका थिए ।
उक्त कार्यक्रममा त्रिसिद्धेस्वरी राप्ती यातायात प्रालीका अध्यक्ष सुरेश हमाल , व्यवसायी राजेन्द्र महतरा , ढुन्डीराज ओली, निर्मल खड्का, शान्ति जि.एमले पनि चलचित्र पत्रकार संघको अगुवाईमा रक्तदान गरेका थिए ।
यस्तै दार्ही ग्याङ बाट प्रवेश भुषाल , विनायक रेग्मी , प्रकाश डागी , निर्मल खड्का, प्रबिन रिजाल , सुमन रिजाल, विवेक वलि , बिकास कुसारी लगायतका रहेका थिए । चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाकाअध्यक्ष शिव पुनले रक्तदान गर्ने सबैलाई धन्यवादका साथ प्रमाणपत्र प्रदान गरेका थिए ।
कार्यक्रमको सहजीकरण सचीव पूर्ण के.सी. मुस्काले गरेका थिए ।
यो पनि हेरौं ………