जेठ ७, काठमाडौं । नेपालमा थप नयाँ २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ४२७ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारी अनुसार बुधबार थपिएका २५ जना संक्रमितमध्ये १८ पुरूष र ७ महिला छन्। बाँकेमा ६, धनकुटामा ५, कपिलवस्तुमा १३ र नवलपरासी पश्चिममा १ जना संक्रमित थपिएका छन्। उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य छ।
नेपालमा हालसम्म कोरोना संक्रमणका कारण २ जनाकाे मृत्यु भएकाे छ । कुल संक्रमितमध्ये अहिलेसम्म ४५ जना निको भएर घर गइसकेका छन्। आजै कोसी अस्पतालमा रहेका उदयपुरका ८ जना कोरोना संक्रमित डिस्चार्ड भएका हुन् ।