जेठ ७, काठमाडौं । विश्व महामारीको रुपमा रहेको कोरोना भाइरस (कोभिट -१९) को कारण हालसम्म विश्वभर मृत्यु हुनेको संख्या ३ लाख २५ हजार २ सय १४ रहेकाे छ । यो अवडेट जेठ ७ गते नेपाली समय अनुसार राती ८ बजेको हो ।
त्यस्तै संक्रमितको संख्या ५० लाख २ हजार ४ सय ३९ रहेको विश्व स्वास्थ संगठनले जनाएको छ । संक्रमित मध्य निको भएर घर फर्किनेको संख्या १९ लाख ७१ हजार ३ सय ५३ रहेको छ ।
यता नेपालमा कोरोना संक्रमितकाे संख्या ४ सय २७ पुगेकाे छ । जसमा दुइ जनाकाे मृत्यु भएकाे छ भने ४५ जना निकाे भएर घर फर्किएका छन् ।
आज मात्रै नेपालमा थप नयाँ २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारी अनुसार बुधबार थपिएका २५ जना संक्रमितमध्ये १८ पुरूष र ७ महिला छन्। बाँकेमा ६, धनकुटामा ५, कपिलवस्तुमा १३ र नवलपरासी पश्चिममा १ जना संक्रमित थपिएका छन्। उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य छ।
आजै कोसी अस्पतालमा रहेका उदयपुरका ८ जना कोरोना संक्रमित डिस्चार्ड भएका हुन् ।