विश्वभर कोरोनाबाट संक्रमित र मृत्यु हुनेको संख्या कति पुग्यो ? (अपडेटः जेठ ८ गते, बिहान ८ बजे)


जेठ ८, काठमाडौं । विश्व महामारीको रुपमा रहेको कोरोना भाइरस (कोभिट -१९) को कारण हालसम्म विश्वभर काेराेना संक्रमितकाे संख्या ५० लाख ८५ हजार ६६ पुगेकाे छ । यो अवडेट जेठ ८ गते नेपाली समय अनुसार बिहान ८ बजेको हो ।

संक्रमित मध्ये मृत्यु हुनेकाे संख्या ३ लाख २९ हजार ७ सय २१ रहेकाे विश्व स्वास्थ संगठनले जनाएको छ । २० लाख २१ हजार ८  सय ४३ निकाे भएर घर फर्किएका छन् ।

यता नेपालमा कोरोना संक्रमितकाे संख्या ४ सय ४४ पुगेकाे छ । जसमा दुइ जनाकाे मृत्यु भएकाे छ भने ४५ जना निकाे भएर घर फर्किएका छन् ।

हिजाे मात्रै नेपालमा थप नयाँ ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियाे । स्वास्थ्य मन्त्रालयकाअनुसार बुधबार थपिएका ४३ जना बाँके, धनकुटा, कपिलवस्तु, झापा, सुनसरी र नवलपरासी पश्चिमका हुन् ।

प्रकाशित मिति : २०७७ जेष्ठ ८ गते बिहिवार