जेठ ८, काठमाडौं । विश्व महामारीको रुपमा रहेको कोरोना भाइरस (कोभिट -१९) को कारण हालसम्म विश्वभर काेराेना संक्रमितकाे संख्या ५० लाख ९० हजार ६४ पुगेकाे छ । यो अवडेट जेठ ८ गते नेपाली समय अनुसार बिहान ११ बजेको हो ।
संक्रमित मध्ये मृत्यु हुनेकाे संख्या ३ लाख २९ हजार ७ सय ३२ रहेकाे विश्व स्वास्थ संगठनले जनाएको छ । २० लाख २४ हजार २ सय २२ निकाे भएर घर फर्किएका छन् ।
यता नेपालमा कोरोना संक्रमितकाे संख्या ४ सय ४४ पुगेकाे छ । जसमा दुइ जनाकाे मृत्यु भएकाे छ भने ४५ जना निकाे भएर घर फर्किएका छन् ।
हिजाे मात्रै नेपालमा थप नयाँ ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियाे । स्वास्थ्य मन्त्रालयकाअनुसार बुधबार थपिएका ४३ जना बाँके, धनकुटा, कपिलवस्तु, झापा, सुनसरी र नवलपरासी पश्चिमका हुन् ।