जेठ ८, काठमाडौं । विश्व महामारीको रुपमा रहेको कोरोना भाइरस (कोभिट -१९) को कारण हालसम्म विश्वभर काेराेना संक्रमितकाे संख्या ५१ लाख १३ हजार ७ सय ६ पुगेकाे छ । यो अवडेट जेठ ८ गते नेपाली समय अनुसार साँझ ७ बजेको हो ।
संक्रमित मध्ये मृत्यु हुनेकाे संख्या ३ लाख ३० हजार ३ सय ६१ रहेकाे विश्व स्वास्थ संगठनले जनाएको छ । २० लाख ३९ हजार ६ सय ९८ निकाे भएर घर फर्किएका छन् ।
यता नेपालमा कोरोना संक्रमितकाे संख्या ४ सय ५३ पुगेकाे छ । जसमा ३ जनाकाे मृत्यु भएकाे छ भने ४९ जना निकाे भएर घर फर्किएका छन् ।
आज मात्रै झापाका ८ जना पुरुष र रुपन्देहीका एक जना पुरुष गरी ९ जना नयाँ संक्रमति थपिएका छ। स्वास्थ्य मन्त्रालयका अनुसार उनीहरू १७ वर्षदेखि ५५ वर्षसम्मका रहेका छन् । जानकारी दिए्। बिहीबार बिहान मात्र झापा, धनकुटा र सुनसरीका गरी १७ जना कोरोना संक्रमित थपिएका थिए। यससँगै बिहीबार एकैदिन कुल २६ जना संक्रमित फेला परेका छन्।