जेठ ९, दाङ । दाङमा एक बालिकालाई बलात्कार गरेको अभियोगमा बिहीबार बेलुका तुलसीपुरबाट एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ निवासी १५ बर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा तुलसीपुर १८ अक्कासीका २१ बर्षीया पारस खड्कालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक चक्र डम्मर पालले जानकारी दिए ।
गएको जेठ ६ गते बेलुका ति बालिकालाई खड्कालगायत पाँच जनाको समुहले अम्वाखोली सामुदायिक वनमा बलात्कार गरेको जाहेरीका आधारमा उनलाई पक्राउ गरेको पालले जानकारी दिए । घटनामा संलग्न अन्य चार जना फरार रहेको र उनीहरुको खोजी भइरहेको उनले बताए । घटनाबारे अन्य अनुसन्धान जारी रहेको डम्बरपालले जानकारी दिए ।