जेठ ९, काठमाडौं । विश्व महामारीको रुपमा रहेको कोरोना भाइरस (कोभिट -१९) को कारण हालसम्म विश्वभर काेराेना संक्रमितकाे संख्या ५२ लाख १४ हजार ९ सय ७१ पुगेकाे छ । यो अवडेट जेठ ९ गते नेपाली समय अनुसार दिउँसाे ४ बजेको हो ।
संक्रमित मध्ये मृत्यु हुनेकाे संख्या ३ लाख ३५ हजार २ रहेकाे विश्व स्वास्थ संगठनले जनाएको छ । २० लाख ९४ हजार ९ सय २० निकाे भएर घर फर्किएका छन् ।
यता नेपालमा कोरोना संक्रमितकाे संख्या ४ सय ८७ पुगेकाे छ । जसमा ३ जनाकाे मृत्यु भएकाे छ भने ७० जना निकाे भएर घर फर्किएका छन् ।