कोरोनाबाट मृत्यु भएका गुल्मीका शिक्षकको सम्पर्कमा आएकाको पिसिआर रिपोर्ट आयाे


जेठ १०, बुटवल । कोरोना संक्रमणबाट मृत्यु भएका गुल्मीको मदाने गाउँपालिकाका शिक्षकका गाउँलेको पिसिआर रिपोर्ट आएको छ। मदानेको ती शिक्षककाे गत सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो।

त्यसपछि जिल्ला स्वास्थ्य कार्यालयको टोलीले मंगलबार शिक्षकसमेत रहेका ती पुरुषसँग प्रत्यक्ष सम्पर्कमा आएका ३० जनाको स्वाब संकलन गरी पिसिआरको लागि  प्रादेशिक प्रयोगशाला रुपन्देही पठाएको थियो। जसमा मृतकका परिवार, बैंकका कर्मचारी, स्थानीय क्लिनिक सञ्चालक लगायत रहेका थिए ।

तीनमध्ये २५ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने पाँचजनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डा. भवानीप्रसाद शर्माले जानकारी दिए। मदाने–६ पुर्कोट दहस्थित एक विद्यालयका शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको तीन दिनपछि मृत्यु भएको छ। तर, ती व्यक्तिमा संक्रमण कहाँबाट भयो भन्ने पुष्टि भएको छैन ।

प्रकाशित मिति : २०७७ जेष्ठ १० गते शनिवार