भानुभक्त मावि दमाचाैरकाे अध्यक्षमा प्रकाश हमाल


जेठ १०, सल्यान । सल्यान छत्रेश्वरी गाउँपालिका १ दमाचाैरमा रहेकाे भानुभक्त माविकाे विद्यालय व्यवस्थापन समितिकाे अध्यक्षमा प्रकाश हमाललाइ ताेकिएकाे छ । लामाे समयदेखि विवादित बनेर निर्वचन प्रक्रिया राेकिएकाे भानुभक्तमा माविमा अन्तत छत्रेश्वरी गाउँपालिकाकाे शिक्षा शाखाले अध्यक्षमा हमाल सहित अन्य ५ जनालाइ सदस्यमा ताेकेर अस्थायी विव्यस बनाएकाे छ ।

जसमा अभिभावकबाट तारक शाह, लक्ष्मन कुमार चन्द, दिपा घर्ति, रिता विक र शिक्षकबाट गणेश खड्कालाइ शिक्षा शाखाले सदस्यमा ताेकेकाे छ । त्यस्तै अन्य ३ जनालाइ पछि सदस्यमा ताेक्ने गरी ९ जनाकाे कार्यसमिती बन्ने बताइएकाे छ । पछि ताेकिने सदस्यहरूमा प्रधानध्यापक, वडाअध्यक्ष र एकजना चन्दादाता रहनेछन् ।

विद्यालयकाे निर्वाचन प्रक्रिया समाप्त भएर ३ महिनासम्म कुनै व्यवस्थापन समिती गठन हुन नसक्दा गाउँपालिकाकाे कार्यविधि २०७५ भाग १ परिच्छेद ५ दफा २६ काे उपदफा ४ बमाेजिम अस्थायी विव्यस गठन गरेकाे गाउँपालिका शिक्षा शाखा अधिकृत केशर बहादुर वलीले बताएका छन् । २०२४ सालमा स्थापना भएकाे भानुभक्त मावि हाल कक्षा १ देखि कक्षा १२ सम्म पढाइ हुने गरेकाे छ । याे विद्यालय यस क्षेत्रकै पुरानाे विद्यालय हाे ।

प्रकाशित मिति : २०७७ जेष्ठ १० गते शनिवार