सल्यानकाे बागचाैरमा क्वारेन्टाइनमा बसेका एक पुरुषकाे आरडिटी रिपाेर्ट पाेजेटिभ


जेठ ११, सल्यान । सल्यानकाे बागचाैर नगरपालिकामा क्वारेन्टाइनमा बसेका एकजनाकाे आरडिटी रिपाेर्ट पाेजेटिभ आएकाे छ । बागचाैर नगरपालिका १ निवासी ५५ बर्षका पुरुषकाे आइतबार गरिएकाे आरडिटी परिक्षणमा रिपाेर्ट पाेजेटिभ आएकाे स्वास्थ्य कार्यालय सल्यानका प्रमुख अर्जुन बुढाले बताएका छन् ।

यी पुरुष ५ दिन अघि रामेछापबाट आएकाे बागचाैर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हरि कठायतले बताए । उनि सहित रामेछापबाट ५ जना आएका थिए । पाँचै जनालाइ स्थानीय विद्यालयकाे क्वारेन्टाइनमा राखिएकाे छ ।

आरडिटी रिपाेर्ट पाेजेटिभ आएपछि अहिले ति पुरुषलाइ अर्काे छुट्टै क्वारेन्टाइनमा राखिएकाे र पाँचै जनाकाे पिसिआर परिक्षणकाे लागि स्वाब संकलनकाे तयारी गरिएकाे बताइएकाे छ । संकलन गरिएकाे स्वाब परिक्षणकाे लागि कर्णाली प्रदेशकाे सुर्खेत प्रयाेगशालामा पठाइने छ ।

केहिदिन अघि पनि शारदा नगरपालिकाका एकजना पुरुषकाे आरडिटी रिपाेर्ट पाेजेटिभ आएकाे थियाे । पछि ति पुरुषकाे पिसिआर परिक्षण गर्दा रिपाेर्ट नेगेटिभ आएकाे हाे । बागचाैरमा आज मात्रै ४० जनामा आरडिटी परिक्षण गरिएकाेमा सबैकाे १ जना बाहेक सबैकाे रिपाेर्ट नेगेटिभ आएकाे छ । भारत सहित विभिन्न जिल्लाबाट आएकाकाे परिक्षण गरिएकाे नगरपालिकाले जनाएकाे छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ ११ गते आइतवार