जेठ १३, काठमाडौं । विश्व महामारीको रुपमा रहेको कोरोना भाइरस (कोभिट -१९) को कारण हालसम्म विश्वभर काेराेना संक्रमितकाे संख्या ५५ लाख ८८ हजार ३ सय ५६ पुगेकाे छ । यो अवडेट जेठ १३ गते नेपाली समय अनुसार बिहान ९ बजेको हो ।
संक्रमित मध्ये मृत्यु हुनेकाे संख्या ३ लाख ४७ हजार ८ सय ७३ रहेकाे विश्व स्वास्थ संगठनले जनाएको छ । २३ लाख ६५ हजार ७ सय १९ जना निकाे भएर घर फर्किएका छन् ।
यता नेपालमा कोरोना संक्रमितकाे संख्या ६ सय ९४ पुगेकाे छ । आज बिहानै सुर्खेतमा १२ जना नयाँ काेराेना संक्रमित फेला परेपछि देशभर संक्रमितकाे संख्या ६ सय ९४ पुगेकाे हाे ।
संक्रमित मध्ये हालसम्म जसमा ४ जनाकाे मृत्यु भएकाे छ भने १ सय १२ जना निकाे भएका छन् ।