परिवर्तन संभव छ । बिचार ।


गोपाल गिरी

आजभोलि लाग्छ परिवर्तनकाेे पालाे  आएको छ। परिवर्तनलेे लाग्छ सारा संसारमा चक्कर मारिराछ ।

संसारको एक देश वा कुनै ठाउँ होइन सारा का सारा संसार परिवर्तन भएको छ। यहाँ हरेक मानिसको जिवनशैलि फरक भएको छ। हिजो विहानै जीवन संघर्षको निम्ति दौडिरहने मानिस आज जीवन दउडवाट आराम गरिरहेको छ। हिजो निरन्तर बाटोमा हजारौं यात्रालाई सार्थक विन्दुमा पुराउने गाडी माेटर आज आराम मुडमा छन् ।

निरन्तर चलिरहने कलकारखाना आज बन्द छन्। आकाशमा उड्ने जहाज आराम मुडमा छन्। विध्यालयका घण्टि , बजारको काेलाहाल, बाटोको ट्राफिक , मन्दिरका भजन, मस्जिदकाे नमाज अनि गिर्जाघरका पार्थना सबै शान्त छन्। लाग्छ म नि शान्त छु। सबै परिवर्तनको कारक तत्व रहेको छ काेराेना भाईरस। काेराेनाले सुरुमा चिनलाई शान्त बनायो , त्यपछि युरोप अनि अमेरिका हुँदै पूरा संसार शान्त बनायो । परिवर्तन गरायो ।

आज म अनि सारा संसार परिवर्तित छौ काेराेनाले तर यहाँ परिवर्तित छैन एक  (°_°)?  त्यो हाे प्रकृति । यहाँ नदि बगिरहेछ, झरना झरिरहेछ अनि हावा आफ्नै रफ्तारमा छ।जंगलमा कस्तुरी आफ्नो वास्ना छर्दैछ, काेईलि आफ्नो मिठाे भाकामा लठ्ठ पार्दैछ अनि मजुर आफ्नो नाचमा मस्त छ। ओहो प्रतृतीत आफ्नै लयेमा चलिरहेछ। त्यहाँ कुनै परिवर्तनको निसाना छैन ।

उता चरिले पाकेको काफल चाखिसक्याे । आज वनकाे काफल वनकि चरिलाई भनाइ यथार्थ भएको छ। हामी लकडाउनले जिवनशैलि परिवर्तन भएर बन्द छौ घरभित्र , लाग्छ उता प्रकृति अफ्नो स्वर्ण युगमा छ। आज प्रतृतीको अङ्ग हामी प्रकृती बाट अलग भयजस्ताे भाकाेछ। प्रकृति बाहिर खुसी छ हामी भित्र कोरोनाको त्रासमा छौ ।

परिवर्तनका दुई पक्ष रहन्छन् , सकारात्मक अनि नकारात्मक पक्ष। महत्त्वपूर्ण यो हाे कि हामी परिवर्तनको कुन पक्षसंग छौ। आज परिवर्तनको सकारात्मक पक्ष प्रतृतीसंग उभिएको महसुस भएको छ। प्रकृतिले आज जमिनमा जल- जमिन मात्र सफा गरेको छैन , आकाशकाे ओजनतहमा वनेकाे घाउपनि निकाे पार्दै छ। प्रकृतिको हावा आज सुगन्धित भएको छ। आज प्रकृति मानिसले बिकासको नाममा आफुमाथि  बनायेको घाउलाई मलमपट्टि गर्दैछ।

हो लाग्दछ केही यता विरामि जस्तै परेको प्रकृति निकाे हुदैछ। प्रकृतिको रक्षाकबच मानिने ओजनतह को घाउ निकाे हुदैछ , अर्कोतर्फ प्रकृतिको रक्तनली जस्तै मानिने नदि-नाला सफा हुदैछन्।  आज प्रकृतिकाे  दुरदराजमा रहेका सुन्दर दृश्य जहा कहिबाट आखामा कैद गर्न सकिने भकाेछ। हाे  आज प्रकृति विछट्टै खुलेको छ।

उता प्रकृतिमा हुल बाधेर रम्दैछन् चराचुरुङ्गी अनि जनावरहरु।वनभरि पाक्दैछन् काफल , चाेथ्रा ,खजुरि अनि एसेलुहरु।

यता मानिस काेराेना त्रासले झन  सामाजिक दुरि कायम राख्दैै छुट्टिएर  बस्न बाध्य छ।  मानिसका आर्थिक, सामाजिक अनि शैक्षिक क्रियाकलाप ठप्प छन्। मानिसमा गरिविकाे रेखा काेरिदैछ अनि भाेकमारिकाे संकेत देखिदैछ। आज मानिसको भाैतिक विकासमाथि खित्का छाेडेर हास्दैैैछ काेराेना।

हामी र प्रकृति बिच मेल खाएन कि झै भाको छ।हामी प्रकृतिकै सृष्टि भएकाले प्रकृतिमा आएकाे सकारात्मक परिवर्तनको फाईदा हामीलाई पनि मिल्छ नै, त्यसैले मन खुसि पनि छ। याे लकडाउन प्रकृतिलाई आफ्ना घाउहरु निकाे पार्न दियकाे समय जस्तो पनि महसुस भएको छ। आशा छ प्रकृतिको सहयोगमा हामि काेराेनालाई जित्ने छौ। प्रतृकीसंग रम्न हामी छिट्टै आउनेछौ। हामी प्रकृतीलाई परिवर्तन गर्ने क्रममा आफै परिवर्तन भयछौ। भयाे अब यस्तो परिवर्तन गर्नुछैन। हामीलाई त प्रकृतिमै रम्नु छ अनि प्रतृतिमै जीवन ब्येतित गर्नु छ।

प्रकाशित मिति : २०७७ जेष्ठ १७ गते शनिवार