सल्यानको श्रीनगरमा पेट्रोल अभाव भएपछि बजार समितिले दाङबाट ल्याएर वितरण गर्यो


 


  • जेठ १७ , सल्यान । सल्यानको श्रीनगरमा लामो समय देखि पेट्रोलको अभाब भएपछि श्रीनगर बजार ब्यवस्थापन समितिले वितरण गरेको छ । शुक्रबार श्रीनगर बजार व्यवस्थापन समितिले दाङबाट २ सय लिएर पेट्रोल ल्याएर दाङकै मुल्यमा बाइकवालाहरुलाई वितरण गरेको समितीका अध्यक्ष हपिस भण्डारीले बताए ।

पेट्रोल ल्याउने भाडा छत्रेश्वरी गाउँपालिकाले सहयोग गरेको थियो । महामारीको बेला इमर्जेन्सीमा हिड्नेहरुलाई पेट्रोल अभाव भएको गुनासो आएपछि बजार व्यवस्थापन समितीसँग समन्वय गरेर छत्रेश्वरी गाउँपालिकाले यस्तो कदम चालेको अध्यक्ष सन्तोष केसीले बताए ।

सल्यानको श्रीनगरमा पछिल्लो समय पेट्रोल पाउन छोडेपछि गन्तव्यमा हिडेका सवारीहरुले समस्या झेल्दै आएका छन् । दाङकै मुल्यमा सहजै पेट्रोल पाएपछि मोटरसाइकल प्रयोगकर्ता खुशी हुँदै आगामी दिनमा पेट्रोल अभाब देखिएमा यसरिनै सहयोग गर्न सुझाब र धन्यवाद दिएका छन्।

प्रकाशित मिति : २०७७ जेष्ठ १७ गते शनिवार