जेठ १८, दाङ । मन्दिप भुजको हत्यारालाई प्रहरीले आईतवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
तुलसीपुर ९ अटोभिलेज स्थित रेडियटर मर्मत पसल सन्चालक समेत रहेका २८ बर्षिय भुजको उनकै साथीहरु मिलेर हत्या गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
डिएसपी हरिहरनाथ योगीले पत्रकार सम्मेलन मार्फत जानकारी दिदै गत जेठ १६ गते शुक्रवार राती चौधरी होटेलमा संगै मादक पदार्थ सेवन गरी सामान्य विवाद हुदा उनको हत्या भएको बताएका छन् ।
शनिवार विहान मृत फेला परेका भुजको सुक्ष्म अनुसन्धान गर्दा घटना घटेको ६ घण्टा भित्र हत्यारा पत्ता लगाउन सफल भएको उनले बताएका छन् ।
उनका अनुसार तुलसीपुर ५ बस्ने अजय बुढाथोकी, सोहि वडाका आषिश नेपाली, तुलसीपुर १८ बस्ने ओम बहादुर सार्की र अर्घाखाँची जिल्ला ढिकुरा वडा नम्वर घर भई हाल तुलसीपुर ६ बस्ने शौरभ पोख्रेल मिलेर भुजको हत्या भएको हो ।