जेठ १८, सल्यान । एकैचोटि २५ जना कोरोना संक्रमित देखिएको सल्यानको बनगाड नगरपालिका सँग एउटा पनि एम्बुलेन्स नहुँदा समस्या भएको छ । विकास निर्माणका अन्य काममा केन्द्रित भएका जनप्रतिनिधिहरु अहिले एम्बुलेन्स नभएपछि समस्यामा परेका छन् ।
नगरमा एम्बुलेन्स नभएपछि अरु स्थानिय तहको भर पर्नु परेको छ । कोरोना संक्रमित तथा विरामी बोक्ने एम्बुलेन्स नभएपछि जिल्लाको छत्रेश्वरी गाउपालिकाले केही समयका लागि एउटा एम्बुलेन्स सहयोग गरेको छ ।
स्थानीय तह भएको ३ बर्ष वित्दा समेत नगरले एम्बुलेन्स खरिद नगर्नु भनेको ठुलो विडम्बना भएको स्थानीयको भनाई छ । जनप्रतिनिधिले आफुलाई चाहिने महंगा गाडीहरु खरिद गर्ने तर नागरिकलाई चाहिने अत्यावश्यक साधनतर्फ कसैले ध्यान नगएको स्थानीयहरुले बताएका छन् ।