जेठ,१८/दाङ। डान्सिङ नम्बरका गीत गाउन रुचाउने गायक सन्जीव पराजुलीले नयाँ गीत ‘छैन मलाई पीर’ बोलको गीतको भिडियो लिएर आएका छन । गीतमा दीपक शर्माको शब्द र संगीत छ । भिडियोमा कुसुम गुरुङ, नाजिर हुसेन,गायक सन्जीव पराजुली, सुनिता मगर, कोपिला बुढाथोकी र कपिल मगर फिचर्ड छन । गीतमा मोहित मुनालको एरेन्ज छ ।
ग्रामीण परिवेशको लोकेसनमा छायांकन गरिएको गीतको भिडियोमा सन्जीव र नाजिरलाई दाजुभाईका रुपमा देखाइएको छ । एलिन श्रेष्ठ निर्देशित भिडियोमा प्रशान्त तामाङको कोरियोग्राफी, उत्तम हुमागाईंको छायांकन र लोकेश बज्राचार्यको कलर करेक्सन तथा सम्पादन छ । यो भिडियो गायक पराजुलीकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । सन्जीवको स्वरमा रहेका गीतहरु ‘नाइँ मलाई थाहा छैन’, ‘किन कर्के नजर’, ‘हिट हिट गीत’लगायतका गीतहरु दर्शकले रुचाएका गीतमा पर्दछन । भिडियो: