बाँके दुर्घटनाका घाइते सबैकाे परिचय खुल्याे, सबैभन्दा धेरै सल्यानका


जेठ १९, बाँके । गएराती बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा भएको हाइस दुर्घटनाका घाइते २२ जनाकै परिचय खुलेकाे छ । घाइतेमध्ये सबैभन्दा धेरै सल्यानका १२ जना, दाङका ६ जना र राेल्पाका ४ जना रहेकाे जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएकाे छ ।

त्यस्तै दुर्घटनामा ज्यान गुमाउने १२ जना मध्ये २ जनाकाे सनाखत भएकाे छ । मृत्यु हुनेमा गाडी चालक दैलेखका दानबहादुर खड्का र सहचालक सुर्खेतका पवनबहादुर भण्डारी रहेका छन् ।

घाइतेहरुमा 

सल्यान

सिद्धकुमाख गाउँपालिका–५ निबासी ४० बर्षका तेजबहादुर बुढाथोकी

छापडाँडा निबासी १८ बर्षीय घनबहादुर बोहरा

सिद्धकुमाख–४ चाँदे निबासी २८ बर्षीय लोकेश घर्ती

सिद्धकुमाख – ४ चाँदेका २६ बर्षका शिव भण्डारी

सिद्धकुमाख – ४ चाँदेका १८ बर्षीय देवेन्द्र खड्का

सिद्धकुमाख ४ चाँदेका १७ बर्षीय ज्ञानबहादुुर बोहोरा

सिद्धकुमाख – ४ का २६ बर्षीय निमबहादुर वली

बनगाड कुपिण्डे नगरपालिका –६ निबासी ५२ बर्षीय दिपबहादुर बुढा

बनगाड कुपिण्डे नगरपालिका– ६ निबासी २० बर्षीय मिनराज विक,

४० बर्षीय दिलबहादुर विक

शारदा नगरपालिका–६ कजेरी निबासी २६ बर्षीया टीका चलाउने

दाङ

घोराही– ४ धर्ना निवासी ४५ बर्षीय मेगराज केसी

तुलसीपुर–२ खैरीपुर निबासी ३९ बर्षीय विष्णु गिरी

तुलसीपुयर, २ खैरीपुर निवासी २३ बर्षीय रुपलाल केसी

राजपुर गाउँपालिका–६ निबासी २० बर्षीय दिपेश चौधरी,

राजपुर गाउँपालिका–२ निबासी २१ बर्षीय जीवन घर्ती

गढवा गाउँपालिका–६ मानपुर निबासी २० बर्षीय भरत थापा

रोल्पा

त्रिवेणी गाउँपालिका–७ तिला निबासी १७ बर्षीय सुनिल परियार

त्रिवेनी ७ निवासी २० बर्षीय वीरेन्द्र परियार

त्रिवेनी ७ का १८ बर्षीय पुरण पुन

कुरेली निबासी ५२ बर्षीय नरबहादुर विक

घटनामा १२ जनाको ज्यान गएको छ भने २२ जना घाइते भएका छन् । भारतबाट आएका नेपालीलाई लिएर आइतबार राति १२ बजेतिर नेपालगन्जबाट सल्यानका लागि छुटेको ना ५ ख ५९९५ को फोर्स गाडी राप्तिसोनारी २ मा दुर्घटना भएकाे थियाे । गाडि ठुरिया जंगलमा राेकिराखेकाे वा ४ ख ९०६४ नम्वरकाे ट्रकमा ठाेक्किएकाे थियाे ।

प्रकाशित मिति : २०७७ जेष्ठ १९ गते सोमवार