जेठ २०, सल्यान । सल्यानकाे बनगाड कुपिण्डे नगरपालिकामा ४४ जना काेराेना संक्रमित भनेर कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले गम्भीर त्रुटि गरेकाे छ । सामाजिक विकास मन्त्रालयकाे स्वास्थ्य महाशाखाले जेठ १७ राती ९ः४५ बजे बनगाड कुपिण्डे नगरपालिकाका ६ वटा वडामा २५ जना काेराेना संक्रमित भनेर पुष्टि गरेकाे थियाे ।
त्यस्तै जेठ १९ गते बिहान १०ः ५६ बजे बनगाडकै ५ वटा वडामा १० जना संक्रमित भनेर पुष्टि गरिएकाे थियाे भने १९ गते साँझ ५ः१३ बजे बनगाडकै ३ वटा वडामा ९ जना काेराेना संक्रमित भनेर पुष्टि गरिएकाे थियाे ।
यसरी बनगाडमा ४४ जना काेराेना संक्रमित भएकाे र सल्यानकै दार्मा गाउँपालिकामा ९ जना संक्रमित गरेर अहिले सल्यानमा ५३ जना संक्रमित भएकाे तथ्याङ कर्णाली प्रदेशमा मात्रै नभएर संघिय सरकार र विश्व स्वास्थ्य संगठनमा पनि पुगिसकेकाे छ । र विभिन्न संचारमाध्याममा पनि त्यहि समाचार सम्प्रेसन भएकाे छ ।
तर सल्यानमा खास काेराेना संक्रमित ५३ नभएर ५१ जना भएकाे खुलेकाे छ । सामाजिक विकास मन्त्रालयले तथ्याङक अवडेटमा दुइ जना संक्रमितलाइ दाेहाेर्याएर संख्या अवडेट गरेकाे बुझिएकाे छ । बनगाडमा भएका ४२ जना संक्रमितलाइ ४४ भनिएकाे छ ।
जेठ १९ गते साँझ ५ः१३ बजे बनगाडमा ९ जना काेराेना संक्रमित भने सामाजिक विकास मन्त्रालयले प्रेस विज्ञप्ती जारी गरेपनि त्यहाँ ७ जना मात्रै काेराेना संक्रमित भएकाे बनगाडका मेयर गाेविन्द कुमार पुनले बताएका छन् । उनले सामाजिक विकास मन्त्रालयले अहिले बनगाडमा ४२ जना मात्रै संक्रमित भएकाे बताए ।
जिल्ला स्वास्थ्य कार्यालय सल्यानका प्रमुख अर्जुन बुढाका अनुसार सामाजिक मन्त्रालयले १९ गते साँझ ५ः१३ बजे सार्वजनिक गरेकाे विज्ञप्तीमा बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ३ मा दुइ जना व्यक्तीलाइ दुइपटक दाेहाेर्याएर ७ जनाबाट ९ जना पुर्याइएकाे हाे । सामाजिक मन्त्रालयले याे समाचार तयार पार्दा सम्म आफ्नाे गल्ती सच्याएकाे छैन् भने संघिय सरकारकाे स्वास्थ्य मन्त्रालयमा पनि सल्यानमा ५३ जना संक्रमित भनेर अवडेट गरिएकाे छ ।