शिव राज खनाल,लमही २० जेठ – लकडाउनका कारण व्यावसायिकहरु मारमा परेको भन्दै लमही चेम्बर अफ कमर्सले जिल्ला प्रशासन कार्यालय दाङमा ज्ञापनपत्र बुझाउने भएको छ । लमही चेम्बर अफ कमर्सको आज बसेको बैठकले सो निर्णय गरेको हो ।
बिगत दुई महिना देखि जारी लकडाउनका कारण एकातिर ब्यबसायीहरुको दैनिकि सुन्य अबस्थामा झरेको र जिबिकोपार्जनगर्न पनि मुश्किल अवस्थादेखिएका बेला नेपाल राष्ट्र बैंकको निर्देशन बिपरित केही बैंकहरुले लकडाउनको समयमानै बैंक ब्याजको भुक्तानीको लागि ताकेता गरेको गुनासो ब्यबसायीहरु बाट आइरहेको बेला नेपाल सरकारले जेष्ठ २५ सम्म कर तिर्नका लागि सुचना प्रकासन प्रती गम्भीर ध्यानाकर्षण भएको र सोही अनुसार ज्ञापनपत्र बुझाउनु परेको चेम्बरका अध्यक्ष अजय न्यौपानेले बताए ।
साथै ब्यापारी हरुको पिरमर्का बुझ्दै तुरुन्त सो निर्णय फिर्ता लिन सम्बन्धित निकाय लाई अध्यक्ष न्यौपानेले अनुरोध समेत गरेका छन । बैंक ब्याज र कर भुक्तानीको बिषयलाई ध्यानाकर्षणगर्दै चेम्बरले जिल्ला प्रशासन कार्यालय दाङमा ज्ञापनपत्र बुझाउने निर्णय गरिएको लमही चेम्बरका कोषाध्यक्ष शशी नेपाली ले बताए ।
साथै सो सम्बन्धमा नेपाल सरकार समक्ष उचित पहल गर्नको लागि नेपाल चेम्बर अफ कमर्सले देशब्यापी रुपमा अभियान संचालन गर्नको लागि सम्पुर्ण जिल्ला, नगर चेम्बर अफ कमर्सलाई पत्राचार गर्ने निर्णय समेत गरेको छ । लमहि चेम्बर अफ कमर्सका अध्यक्ष अजय न्यौपानेको अध्यक्षतामा बसेको बैठकको सहजीकरण वरिष्ठ उपाध्यक्ष किरण साहले गरेका थिए ।