डा. राजन नेपाल
विश्वमा बहुचर्चित बन्दै गएको कोरोना भाइरस अन्तत नेपालमा पनि भित्रि सकेको छ । कहिले आउँछ, कहिले आउँछ भन्दाभन्दै पर्खि बसेका हामी नेपालीहरु आखिर नेपालको घरदैलोमा पसिसकेको छ ।
यससँगै सम्बन्धित धेरै प्रश्नहरु अनुतरित्त नै छन् । यसको जवाफ न त सरोकारवालाहरु सँग छ न त आम नागरिकसँग । हो, यस कोरोनाको भिडले हामीलाई सचेत त पक्कै गरेको छ । तर के हामी आफ्नो पहिचान त गुमाउदै छैनौं । जीवन के हो ? यसको अर्थ, उद्देश्य, सन्तुष्ट अझै ओइलाउँदै त गएका छैनन् ।
कतै जीवन जीउने कला सिक्दा सिक्दै निरोगी बन्ने लक्ष्य रच्दा रच्दै कोरोनाको भुमरीमा त पर्ने होइन् । गुणस्तरीय जीवन विताउन बुद्धिजीविको मार्ग दर्शन सिक्दा सिक्दै, स्वस्थ कसरी भइन्छ ? पुण्य कसरी कमाउने ? मनका भावना कसरी पोख्ने ? उमङ्गका बास कसरी गराउने ? मानवित ईस्या, जलन, प्रतिसोध, मोहलाई कसरी त्याग गर्ने ? भन्दाभन्दै कोरोनाको शिकार त बन्ने छैनौं? भन्निछ नि हरेका समस्याको समाधान एउटै छ । र त्यो हो ‘संघर्ष’ ।
हो हामी नेपालीले आज गाँस, बाँस र कपासका निम्ती संघर्ष गर्नै पर्छ । जीवन सार्थक तुल्याउनका निम्ती नयाँ हिम्मत र साहसको जरुरत छ । जुन साहस हामीमा उब्जनै पर्छ । गद्द कविता झै मनका अथाह शब्द कापीका पानामा पोखे झै नविन क्रान्तिको आवश्यकता पक्कै छ । समयको परिभाषा बुझि हामी नेपालीले प्रत्येक महामारीसँग लडेका युद्धका पाना आज पल्टाउन जरुरत छ । हिजोका दिनमा के के भोग्यौं, आज के भोगिरहेको छौं र भोली के के भोग्ने छौं ।
यस कालखण्डका बारेमा केलाउन अति आवश्यक छ । जीव विज्ञानमा नवीन क्रान्तिको आवश्यकता आजको मुख्य नारा बनाउन जरुरत छ । तसर्थ यस महामारी संंग लड्नको निम्ती हामीमा यसको बारेमा पूर्ण रुपमा जानकारी हुनुपर्छ । हामीमा गृहकार्यको आबश्यकता छ । कोरोना एउटा Eco System को अंग भएकोले Whole Eco System लाई नै परिवर्तन गर्न भने असमर्थ नै रहने छौं ।
तर यस्ता महामारीसँग लड्नका निम्ती प्रण भने अवश्य लिने छौं । तैपनी समय सापेक्ष अनुसार हामी स्वयम परिवर्तन भई नविन जीवन जीउने कला सिक्दै अगाडी बढ्न जरुरी छ । विगतमा धेरै महामारीसँग लडेका हामी गोर्खाली नेपाली यो समयमा पनि हिम्मत भने पक्कै हारेका छैनौं । विगतका महामारीलाई मध्यनजर गर्ने हो भने नेपालको भौगोलीक विविधता, प्रदुषित वातावरण उचित सरसफाइको अभाव, स्वास्थ्य सुविधाको अभाव नै मुख्य दोषी पाईएको छैन् ।
तसर्थ जय पशुपतिनाथलाई शिरोपन गरि आउनुस तपाई हामी नवीन जीवन जीउने कला सिक्दै अगाडी बढौं । ढिलो पक्कै होला तर जीत भने सुनिश्चित छ है । आउनुहोस विश्व परिवर्तन गर्ने होडबाजी चलिरहेको बेला तपाई हामी पनि यस लडाईमा साथ दिन भने अवस्य नबिर्सौं ।
प्रकाशित मिती २०७७ जेठ २१ गते