सल्यानकाे कुमाख गाउँपालिकामा देखिए २ जना काेराेना संक्रमित


जेठ २१, सल्यान । सल्यानमा थप २ जनामा काेराेना संक्रमितकाे पुष्टि भएकाे छ । जिल्लाकाे कुमाख गाउँपालिका वडा नम्बर ३ मा दुइ जनामा काेराेना संक्रमन भएकाे कर्णाली प्रदेशकाे सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएकाे छ । संक्रमित १९ र २४ वर्षका पुरुष रहेका छन् ।

याे सँगै सल्यानमा काेराेना संक्रमितकाे संख्या ५३ पुगेकाे छ । यसअघि नै सल्यानमा ५३ जना काेराेना संक्रमित भनेर सामाजिक मन्त्रालयले पुष्टि गरेपनि संक्रमितकाे संख्या ५१ रहेकाे थियाे ।

बनगाड कुपिण्डे नगरपालिकामा ४२ जना काेराेना संक्रमित देखिएकाेमा मन्त्रालयले टाइपिङ मिस्टेक गरेर ४४ भनेकाे थियाे । बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ३ मा दुइ जना व्यक्तीलाइ दुइपटक दाेहाेर्याएर ४२ बाट ४४ पुर्याइएकाे हाे । जुन अहिलेसम्म पनि सच्याएकाे छैन् ।

याे पनिः सल्यानकाे बनगाडमा ४४ जना काेराेना संक्रमित भनेर मन्त्रालयले गम्भीर त्रुटि गर्याे

सल्यानमा हाल बनगाड कुपिण्डे नगरपालिकामा ४२, दार्मा गाउँपालिकामा ९ र कुमाख गाउँपालिकामा २ जना काेराेना संक्रमित देखिएका छन् ।

प्रकाशित मिति : २०७७ जेष्ठ २१ गते बुधवार