जेठ २१, सल्यान । सल्यानको कपुरकोट गाउँपालिकामा एक जना पुरुषलाइ कोरोना संक्रमण देखिएको छ। गाउँपालिकाको वडा नम्बर ६ का २९ वर्षिय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।
राप्ति स्वास्थ्य विज्ञान प्रतीष्ठान घोराही दाङमा बुधबार गरिएको परिक्षणमा ती पुरुषको रिपोर्ट पोजेटिभ आएको बताएको छ। गाउँपालिकाले केहिदिन अगाडि १० जनाको स्वाब संकलन गरेर पिसिआर परिक्षणका लागि प्रतीष्ठानमा पठाएको थियो । १० जनामध्य ती एकजना पुरुष लाई मात्र कोरोना संक्रमण देखिएको हो।