• २०७७ असार २३ गते मङ्गलवार
  • Preeti To Unicode

लकडाउन प्रहरीको लागि मात्र होइन नागरिकको सुरक्षाको लागि हो DSP सिंह


सागर थापा/जेठ २२,दाङ।ईलाका प्रहरी कार्यालय तुल्सीपुरमा भर्खरै सरुवा भएर आउनु भएका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहले लकडाउन प्रहरीको लागि मात्र नभएर हामी सबै नागरिकहरुको सुरक्षाको लागि हो यसलाई हामी सबैले पालना गर्न जरुरी छ देश अहिले विश्वभर फैलिएको कोरोना भाइसरलाई अन्त गर्न यसको उपचार भनेको लकडाउननै हो ।

अर्को प्रश्नमा तुल्सीपुर क्षेत्रमा हुने खोलाहरुमा अबैध नदिजन्य उत्खनन, लागू औषध पुर्ण नियन्त्रण ,होटलहरुमा हुने योन, धन्दा गुन्डागर्दी, ठगी तस्करी फरार अपराधी, हरुलाई खोजी कार्वाहीको दायरामा ल्याउने भेटघाटको क्रममा तुल्सीपुर ईलाका डिएसपी सिंहले भने अपराधको हबको रूपमा परिचीत रहेको तुल्सीपुर पश्चिम क्षेत्रलाई अब सुन्यमा झार्ने छु।

तुल्सीपुर क्षेत्रमा रहेको खोलाहरुबाट अबैध नदि जन्य उत्खनन लाई नियन्त्रण र अबैध क्रसर उद्योग माथि कडा निगरानी कडाइका साथ लागेर निर्मुल पार्ने डिएसपी सिंहले बताए जेठ २० गते ईलाका प्रहरी कार्यालय तुल्सीपुरमा सरुवा भैइ आएका प्रहरी प्रमुख डिएसपी सिंहले बोलेर भन्दा काम गरेर देखाउने प्रतिबद्धता जनाए सुरु देखिकै रफ्तार अन्तिम सम्म रहेनी गरि कामको थालनी गर्ने उनले बताए दाङमा भित्रिने लागूऔषध कारोबारीलाई कडाइको साथमा चेकजाँच र फेला परे कडा कार्वाही दायरमा ल्याउने उनले बताए ।

जनतामुखी भएर सेवा प्रभाव गर्ने प्रतिबद्धता गर्दै डिएसपी सिंहले सानालाई एन ठुलोलाई चैन हुन नदिने स्पष्ट पारे नागरिकहरु सङ प्रहरी मेरो साथी जस्तो व्यबहार गर्न निर्देशन साथै दाङ लगाएको कार्य क्षेत्रभित्र दादागिरी जुवातास होटलमा हुने योन धन्दा ठग घुसखोरी लगाएत जस्तो अपरधिक क्रियाकलाप गर्ने लाई निगरानीमा तथा खोजतलास गरि कानुन दायरामा ल्याउने उनलेे बताए । जनता सङ सहकार्य र सम्मन्बय गरि अगाडि बढने भन्दै उनले जनताको सेवामा २४ औ घन्टा आफू काम गर्न तयार रहेको जिकिर समेत गरे ।

प्रकाशित मिति : २०७७ जेष्ठ २२ गते बिहिवार