जेठ २३, सल्यान । सल्यानकाे शारदा नगरपालिका २ लुहापिङ स्थित सल्यान बहुमुखी क्याम्पसमा नेपाली सेनाले २ दिनमा आइसोलेसन निमार्ण गरेकाे छ । यसअघि जिल्ला अस्पताल सल्यानमा बनाइएकाे २४ सैयाकाे आइसोलेसनकाे भर परेकाे सल्यानले काेराेना संक्रमितकाे संख्या बढेपछि समस्या खेप्नु परेकाे थियाे ।
जनप्रतिनिधिहरुले पनि आइसोलेसनमा केहि चासाे नदेखाएपछि दिनरात गरेर नेपाली सेनाले २ दिनमै सय सैयाकाे मापडण्ड सहितकाे आइसोलेसन निमार्ण गरेकाे हाे । लुहापिङमा आइसोलेसन निमार्ण भएपछि अहिले बनगाड कुपिण्डे, कुमाख, दार्मा र कपुरकाेटका २९ जना काेराेना संक्रमितलाइ राखिएकाे सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी नारायन लामिछानेले लेकाली अनलाइनलाइ बताए ।
उनका अनुसार सल्यानमा देखिएका ५४ जना काेराेना संक्रमित मध्ये अन्य १३ जना सुर्खेतमा र १२ जना जिल्ला अस्पताल सल्यानकाे आइसोलेसन बेर्डमा रहेका छन् । कर्णाली प्रदेश सरकारले यसअघि ५० लाख रकम छुट्याएर सल्यान, जाजरकाेट र रुकुमलाइ लक्षित गरी चाैरजहारीमा काेराेना विषेश अस्पताल बनाएपनि त्यहाँ रुकुम बाहेक अन्य जिल्लाका काेराेना संक्रमितलाइ लिन नदिएपछि सल्यानमा समस्या बल्झिएकाे थियाे ।
अहिले लुहापिङमा १ सय बेर्डकाे आइसोलेसन निमार्ण भएपछि सल्यानलाइ धेरै सहज भएकाे प्रमुख जिल्ला अधिकारी चुडाराज न्याैपानेले बताए । त्यस्तै कर्णाली प्रदेश सरकारले सल्यानकाे बनगाड कुपिण्डे नगरपालिकामा १ सय सैया, बागचाैर नगरपालिकामा ५० र कपुरकाेट गाउँपालिकामा ५० सैयाकाे आइसोलेसन निमार्ण गर्ने भएकाे छ । याे निर्माण कार्य पनि केहिदिनमा हुने प्रमुख जिल्ला अधिकारी पाेखरेलले बताए ।
सल्यानमा हालसम्म ४ हजार बढी नागरिक क्वारेन्टाइनमा बसेका छन् ।