बंशीकुमार शर्मा/जेठ,२५ दाङ कुनै पनि मुलुकको उत्थान र पतन त्यस देशका जनता र नेतृत्व वर्गमा भर पर्दछ । नेतृत्व वर्ग दुरदृष्टि भएमा मुलुकको उत्थान हुनेमा समय लाग्दैन यदि नेतृत्व वर्ग स्वार्थपरक भएमा मुलुक नै नरहने अवस्थाको सिर्जना पनि हुन सक्छ । विश्वको इतिहास हेर्दा नेतृत्व वर्गकै कारण मुलुक उथलपुथल भएका छन् । नेतृत्व वर्ग दुरदृष्टि भएका मुलुकहरु आज विश्वका शक्ति महाशक्ति राष्ट्रमा कहलिएका छन् भने नेतृत्व वर्ग कै कारण मुलुक तहस नहस भएका मुलुकहरु प्रशस्तै मात्रामा भेटिन्छन् ।
हाम्रा छिमेकी मुलुक भारत र चीन आज विश्वकै विकसित मुलुकहरुको अग्रपंक्तिमा उभिएका छन् भने सिक्किम नेतृत्व वर्ग कै कारण हराएर गएको छ । एक जमानाका विश्व प्रसिद्ध नेता मार्शल टिटोको देश युगोस्लाभिया इतिहासमा मात्र सीमित छ । यस्तै गरी कंगो, इथोपिया, सुडान, हैटी जस्ता मुलुकहरु नेतृत्व कै कारण तहसनहस अवस्थामा पुगेका छन् । त्यहॉका जनताको के दोष ? त्यसैले राष्ट्र बचाउने र उत्थान गर्नेमा नेतृत्व वर्ग जति जिम्मेवार हुन्छन् त्यति जनतामा पनि हुने गर्दछ । यदि जनता सचेत भईदिएको भए तबमात्र नेतृत्व वर्गलाई चेतावनी दिन सक्छन् । तर जनता सबै शिक्षित र चेतनशील हुन्छ भन्न सकिदैन ।
त्यसकारण मुलुकको भविष्य निर्माता नेतृत्व वर्ग नै हो । हुनतः जनता शिक्षित भएको मुलुकमा नेताहरुलाई निश्चित मापदण्ड तोकिदिएर निश्चित कामको जिम्मेवारी दिएमा नेताले मनपरी गर्न नपाउन सक्छन ् । यस्तो परिस्थितिको जन्म हुनलाई मुलुक पूर्ण रुपले प्रजातान्त्रिक संस्कारमा आइसकेको र जनताहरु शतप्रतिशत शिक्षित भएको मुलुकमा सम्भव छ । त्यस्तो मुलुकमा जनताहरु निश्चित राजनीतिको सॉधुरो घेराभित्र कैद नभई राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र विकासको लागि मात्र गोलबन्द हुनसक्छन् तब मात्र जुन पार्टीको नेता वा सरकार भए पनि राष्ट्र र जनताको लागि कुनै पनि फरक पर्दैन ।
त्यस्तो मुलुकको उत्थान र भविष्यको लागि नेतृत्व वर्ग मात्र जिम्मेवार नभई सम्पूर्ण राष्ट्रवासीमा जिम्मेवारी ठहरिन्छ । त्यहॉ मुलुकका भविष्य दृष्टा भनेका नेता र जनता बराबर हुन्छन् । तर हाम्रो जस्तो गरिब, अविकसित मुलुकमा भविष्य निर्माता भनेका नेता नै हुन् । यदि जनता जागरुक भइदिएको भए नेपालको नक्सा काहा बाट हरायो भनेर पत्ता लगाउन सक्ने थिए । सधै नेतृत्व तहमा नै भर परे । बिस २०३०साल सम्म प्रकाशित नक्सामा कालापानि लिम्पियाधुरा समेत समेटिएको नक्सा थियो त्यसपछाडि प्रकाशस भएका नक्सामा देखिएन अहिले मुलुकमा लोकतन्त्र , प्रजातन्त्र आएकै तीन दशक भैईसक्यो कसैलाई दोष दिन ठाउ छैन ।
आफनो देशको भूमिको बारेमा सामान्य जानकारि लिन नसक्ने शिर्ष नेताहरु प्रशस्त जन्मि तर राष्ट्रिय नेता जनमिन सकेन छ यहि नै नेपालीको दुर्भाग्य हो । यदि राष्ट्रबादि नेता भईदिएको भए आफूले पाएको जिम्मेवारीलाई बहन गर्न नेताहरु लागि पर्थे होला । यदि तोकिएको समयमा काम गर्न असम्भव भए नेताहरुले जनताको सामु काम गर्न नसकेका कारणहरु सार्वजनिक गर्थे होला ।
तर यहॉका नेताहरुले जनतालाई गुमराहमा राख्दै मनपरी ढंगले सत्ता सञ्चालन गर्दै आए। नेताहरुको स्वेच्छाचारीताको सीमा बढ्दै गएको देखेपछि लोकतान्त्रिक सिद्धान्त अनुसार सिद्धान्तमा बहस हुन्छ राट्रियतामा होइन राष्ट्रियता सर्वाेपरि हो ।राष्ट्रियताको बिषयमा बहस होईन एकबद्धता हो । अहिलेको सीमनाको विषयमा जनताहरु सचेत नभईदिएको भए कुरा बाहिर नआउन सक्थ्यो । त्यसकारण राष्ट्रको भविष्य दृष्टा भनेको वास्तवमा जनता नै हुन् । तर जनता शतप्रतिशत शिक्षित नभएकै कारण नेताहरुले ब्रह्मलुट गर्न पाएका हुन् ।