जेठ २५, सल्यान । सल्यानमा थप २८ जना नयाँ काेराेना संक्रमित थपिएका छन् । प्रदेश अस्पताल सुर्खेतको पशुपन्क्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा थप २८ जनामा संक्रमण देखिएको हो ।
यो संगैं सल्यानमा संक्रमितको संख्या १ सय १९ पुगेको छ । थप संक्रमण पुष्टि भएका २८ जना व्यक्ति बनगाड कुपिण्डे नगरपालिकाका भएकाे जिल्ला अस्पताल सल्यानका प्रमुख डा. अर्जुन बुढाले लेकाली अनलाइनलाइ बताए ।
सल्यानमा हाल बनगाड कुपिण्डे नगरपालिकामा १०७, दार्मा गाउँपालिकामा ९, कुमाख गाउँपालिकामा २ र कपुरकोट गाउँपालिकामा एकजना गरेर १ सय १९ संक्रमित भएका छन् । संक्रमित मध्य १३ जनालाइ सुर्खेत, १२ जनालाइ जिल्ला अस्पताल सल्यान र बाँकीलाइ खलंगा लुहापिङ स्थित आइसाेलेसनमा राखिएकाे छ ।
मन्त्रालयकाे तथ्याङ्कमा त्रुटि नै त्रुटि
काेराेना भाइरस संक्रमनकाे पिसिआर रिपाेर्टकाे तथ्याङ सार्वजनिक गर्ने कर्णाली प्रदेशकाे सामाजिक विकास मन्त्रालयले तथ्याङ्कमा त्रुटि नै त्रुटि गरेकाे देखिएकाे छ । जेठ १९ गते साँझ ५ः१३ बजे बनगाड कुपिण्डे नगरपालिकामा ९ जना काेराेना संक्रमित भने सामाजिक विकास मन्त्रालयले प्रेस विज्ञप्ती जारी गरेपनि त्यहाँ ७ जना मात्रै काेराेना संक्रमित थिए । त्यसकाे तीनदिन पछि जेठ २२ गते मन्त्रालयले प्रेस विज्ञप्ती जारी गर्दै उक्त गल्ती सच्याएकाे थियाे ।
त्यस्तै जेठ २४ गते दिउँसाे ४ः१४ बजे पनि बनगाड कुपिण्डे नगरपालिकामा ३८ जना काेराेना संक्रमित भनेर मन्त्रालयले प्रेस नाेट जारी गर्याे । तर त्यहाँ ३७ जना मात्रै संक्रमित भएकाे जिल्ला अस्पताल सल्यानका प्रमुख अर्जुन बुढाले बताए । अहिलेसम्म उक्त गल्ती मन्त्रालयले सच्याएकाे छैन् ।
त्यसैगरी जेठ २५ गते दिउँसाे २ बजेपनि सल्यानकाे बनगाड कुपिण्डे नगरपालिकामा २३, कुमाख गाउँपालिकामा २ र सल्यानमा स्थानीय तह नै नभएकाे बेलखाेला १ मा ३ जना गरि २८ जना संक्रमित भनेर मन्त्रालयले प्रेस नाेट जारी गर्याे । तर याे सबै गलत भएकाे बुझिएकाे छ । २८ जना नै बनगाड कुपिण्डे नगरपालिकाका भएकाे र उनिहरुलाइ खलंगा लुहापिङ स्थित आइसाेलेसनमा ल्याइसकेकाे सल्यान अस्पतालका प्रमुख बुढाले बताए ।
त्यस्तै सामाजिक विकास मन्त्रालयले जेठ २५ गते नै कर्णाली प्रदेशका १० जिल्लाका काेराेना संक्रमितकाे तथ्याङ्क सार्वजनिक गर्याे । कुल ६४१ संक्रमित पुगेकाे कर्णालीमा रुकुम पश्चिममा मात्रै संक्रमितकाे संख्या छैन् । सल्यानमा १ सय १९ नै संक्रमित भएपनि राप्ती विज्ञान प्रतिष्ठान दाङमा पिसिआर रिपाेर्ट पाेजेटिभ आएका कपुरकाेटका एकजनालाइ सल्यानकाे तथ्याङ्कमा मन्त्रालयले जाेडेकाे छैन् ।
कपुरकाेटका ति संक्रमित हाल खलंगा लुहापिङ स्थित आइसाेलेसनमा छन् । यसरी कपुरकाेटका यी संक्रमितलाइ नजाेडेर मन्त्रालयले बनगाडका एउटै व्यक्तीलाइ दाेहाेर्याएर सल्यानमा संक्रमितकाे संख्या १ सय १९ बनाएकाे छ ।
याे पनि पढ्नुहाेसः सल्यानकाे कपुरकाेटमा पनि देखियाे एकजनालाइ काेराेना संक्रमन
याे पनि पढ्नुहाेसः सल्यानकाे बनगाडमा ४४ जना काेराेना संक्रमित भनेर मन्त्रालयले गम्भीर त्रुटि गर्याे
याे पनि पढ्नुहाेसः सल्यानमा काेराेना संक्रमितकाे संख्या ५४, मन्त्रालयले विवरणकाे त्रुटि सच्यायो