पुर्ख्यौली गाउँ राेल्पा पुगेर पूर्वसभामुख महरा खेतीपातीमा व्यस्त


जेठ २६, राेल्पा । पूर्वसभामुख कृष्णबहादुर महरा पुर्ख्यौली थलाे रोल्पा पुगेर खेतिपातीमा लागेका छन् । खेतिपातीको समय सुरु भएकाले उनले दाङबाट तीन दिन अघि पुर्ख्यौली गाउँ आएको बताएका छन् ।

उनिसँगै अहिले खेतिपातीको कामका लागि परिवारका सबै सदस्य पुर्ख्यौली घर पुगेका छन् । उनले बारी जोत्दै गरेको एउटा फोटो समेत सार्वजनिक भएको छ । महरा बिहान र साँझ खेतीपातीमा व्यस्त हुने र दिउँसो भेटघाट तथा छलफलमा बिताउने उनका ज्वाइँ पूर्ण केसीले बताए ।

सभामुख पदमा रहेकै बेला एक कर्मचारीले यौन दुराचारको आरोप लगाएपछि महरा गत असोज १९ गते पक्राउ परेका थिए । तर फागुन ५ गते अदालतबाट सफाई पाएपछि उनी रिहा भएका थिए । उनले आफू राष्ट्रियताको पक्षमा दृढतापूर्वक उभिएकाले फसाइएको बताउँदै आएका छन् ।

प्रकाशित मिति : २०७७ जेष्ठ २६ गते सोमवार