जेठ २६, सल्यान । सल्यानमा श्रीमतीले श्रीमानको हत्या गरेकी छन् । जिल्लाको त्रिवेणी गाउँपालिका ६ भुम्केज्युलाकी ३६ वर्षिया एक महिलाले आफ्नै ३८ वर्षिय श्रीमान डिल्ली बहादुर घर्तीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
आइतबार राती साढे ८ बजेतिर आफ्नै घरमा काठ चिर्ने (बसुला)ले हानि गम्भिर घाइते भएका घर्तीको सल्यान जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले बताएका छन।
मृतक घर्तीको शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा ल्याइएको छ । घरमा श्रीमान र श्रीमतीको झगडा भैरहेको र छोराछोरी अर्को कोठामा हुँदा श्रीमतीले बसुला प्रहार भएको बताइएको छ । हत्याको आरोपमा श्रीमतीलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लुहामले नियन्त्रणमा लिएर राखेको छ।