,
जेठ २८, काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको दाबी अस्वीकार गरका छन् । जेमा पनि अनियमितता देख्ने प्रवृत्ति रहेको भन्दै उनले त्यसमा नबग्न सांसदहरूलाई आग्रह गरे ।
बुधबार संसद बैठकमा बाेल्दै प्रधानमन्त्री ओलीले दिनैपिच्छे लेखापरीक्षण नहुने र अहिले काम गर्ने बेला भएको बताए । उनले भने, ‘हरहिसाब आफ्नो प्रक्रियाबाट आउँछ । महालेखाको प्रतिवेदन आउँछ, त्यसमा रुजुबेरुजु आउँछ । आन्तरिक लेखा परीक्षण भइरहेको हुन्छ, त्यो पनि आउँछ । अहिले हिसाबको चिन्ता नगरौं, केाभिड १९ को चिन्ता गरौं ।’
उनले अघि भने, भएको हुनै सक्दैन भनेर दाबी गर्दिनँ । भएकै छ भनेर सोच्नुपर्ने स्थिति पनि देख्दिनँ ।’ महामारीको समयमा पनि पनि कसैले भ्रष्टाचार गर्छ भने कुनै हालतमा सहृय नहुने भन्दै उनले छानबिन गरेर दोषी पाइएकाहरूलाई कारबाही गर्ने बताए । तर अहिले काम गरिएको स्थानीय र प्रदेश सरकारलाई शंका गर्न नहुने भन्दै प्रधानन्त्री ओलीले भने, ‘भ्रष्टाचार गर्न पर्खिएर बसेका थिए, अलिकति रकम पाउन साथ अनियमिता गरे भनेर आशंका गर्नुपर्ने स्थिति होइन ।’
पूरक प्रश्नको जवाफ दिने क्रममा पनि प्रधानमन्त्री ओलीले खरिद नगर्दा भएन भन्ने र खरिद गर्नासाथ भ्रष्टाचार देख्ने गरेको गुनासो गरे । सेनालाई औषधि खरिदमा संलग्न गरेको भनेर भएको विरोधको पनि उनले प्रतिरोध गरेका छन् ।