२८ जेठ,काठमाडौं । रुकुम-जाजरकोट घटनासँग सम्बन्धित भइ चलचित्र निर्देशक सुदीप बबी भूपाल सिंहले ”के भयो लौन भेरीमा?” बोलको गीत तयार गरेका छन । ‘बुझाउन मलाई मेरी मा ? के भयो लौन भेरीमा र ? ” ‘मा‘ भन्नाले यो गीतमा हामीले राष्ट्रियता,मातृभुमीलाई जोडेका हौ ।’ गीतका एरेन्जर राजन ईशानले बताए । गीत कसरी तयार भयो ? लकडाउनको समयमा घरमा बसेर समाचारहरु हेरिन्थ्यो ।
भुपाल जी हामी साथीसाथी हौ यसै त हामी संकटमा छौ त्यसमा कहिले सिमाना फेरी रुकुम(जाजरकोट घटना यस्तै एकदिनमा मलाई भुपाल जीले फोनले गरेर यस्तो खालको गीत तयार गरेको छु । मैले जब शब्द सुने र तुरुन्तै एरेन्जको काम थाले । नितान्त प्रेमकथा ”मिडीयामा धेरै भाम्रक खालका समाचार प्रशारित भए । दोहोरो कुरा भएकाले हामीलाई थाहा छैन कि को गलत छ को सही दुवै तर्फबाट तर्क आईरहेको छ ।
एकतर्फको तर्क छ कि लकडाउनको समयमा एउटा समुह लिएर अर्को गाउमा जानु उपयुक्त होईन फेरी अर्को तर्क छ जातिय विभेदको कारण ज्यान गुमाउनु पर्यो त्यसरी ज्यान गुमाएको सुन्दा हामी दु:खी छौ अहिलेसम्म छानबिन नसकिएकाले स्पष्ट कुरा पनि आएको छैन यसअर्थमा प्रश्न पनि हो। हाम्रो गीत घटनासंग सम्बन्धित भएता पनि विशुद्ध एउटा माया गर्ने जोडीको भाव हो ।” ईशानले भने ।छोरीको यात्रा सुरुमा गीत तयार भएपछि कसले गाउने भन्ने कुराकानी भयो । तर कसले गाउने भन्नेमा विश्वत थिएनौ।
यो गीतमा मलाई गायिकी देखाउने भन्दा एकदम नयाँ आवाज चाहिएको थियो । एकदमै फिलिङ पोख्ने,नेचुरल स्वर चाहिएको थियो । लकडाउनको समय भएकाले अरुलाई ल्याउन लैजान समस्या पनि थियो छोरी शुमरिन राणाले गाउने भन्दै गर्दा छोरीलाई डमी गाउन लगाएर भुपालजीलाई पठाए ” राम्रो छ भन्नुभयो । ” छोरीले पनि सहमती जनाएपछि तत्कालै २ दिनसम्म अभ्यास गराएर यो गीत रेकर्ड गरायौ ।
लकडाउनले भेटाईदियो आफ्नै छोरीको प्रतिभा छोरीले एसईइको परिक्षा सकाएपछि संगीतमा रुचि भएकाले मैले पियानो सिकाउन पठाएको थिए । तर फेरी उनको चाहना प्लस टु सकाएपछि विदेश गएर पढछु भनेको थिईन । मैले पनि त्यसमा सहमति जनाएको थिए । वास्तवमा भन्नुपर्दा अहिलेसम्म छोरीले गुनगुनाएको समेत सुनेको थिएन ।
तर लकडाउनले आफ्नै छोरी पनि राम्रोे गीत गाउन सक्ने रहिछन भनेर थाहा पाए । गीत सार्वजनिक भएपछि धेरैेले छोरीको स्वरको प्रशंसा गरेका छन् । गायक स्वरुपराज आचार्यले मलाई फोन गरेर प्रतिक्रिया दिनुभयो ‘ वाह दाई छोरीले कस्तो मिठो गाएको मेरो मननै भारी भयो ।’गीत सार्वजनिक भएपछिअहिले मैले घरमै छोरीलाई संगीत सिकाउन समेत सुरु गरिसकेको छु ।
बिहान ६ बजेदेखी ८ बजेसम्म नियमित अभ्यास गराईराखेको छु ।ह्वातै आउने अनि तुरुन्तै हराउने प्रवृति छनि ? राजन ईशान जवाफमा भन्छन्– व्यावसयिक सोचले बनेको गीत होईन । व्यावसयिक पक्षबाट नबनेको हुनाले काल झै गीत बन्यो जस्तो महशुस गरेको छु । र रह्यो छोरीको कुरा ह्वातै आउने ईच्छा छ जस्तो मलाई लाग्दैन किनकी एउटा कलाकारले कस्तो गीत गाउन रुचाउछ त्यसपछि थाहा भैहाल्छ कि उसको चाहना के छ भनेर ? यो गीतमा जति सरल शब्द समावेश यसको भाव निकै गहन छ ।
छोरीको उमेर भर्खर त १७ वर्षको भयो उसले यस्ता गहन भावमा डुबेर गाउने प्रयास गरेको छिन यो नै उसको सफलताको रुपमा हेरको छु । राजनले थपे गीत अहिलेसम्म युट्बमा ३५सय प्लस भ्युज प्राप्त भएको छ । यतिले यो गीत सुनिदिनु भनेको मेरो लागी ३ करोड बराबरले सुनेको जस्ते महशुस भएको छ । धेरैले गीतलाई पुनस सुनेको प्रतिक्रिया पाएका छौ ।
भूपालको लेखन, कम्पोज र निर्देशन रहेको गीतमा सुमिरन राणाको स्वर छ । स्वर्णिम महर्जनको बाँसुरी रहेको गीतमा कोभिड बज्रको सारंगी छ । गीतको एरेञ्ज, मिक्सड् र मास्टटर्ड राजन ईशानले गरेका हुन् भने लिरिकल भिडियोको ग्राफिक्सको काम जीवन भाइको रहेको छ । यो गीत एक प्रतिनिधि पात्र रचना हो जसले नेपालको बिभिन्न क्षेत्रमा विभिन्न समयमा हुनेगरेका जातीय विभेदबाट उत्पन्न अमानवीय घटनालाई केलाएको छ । भिडियो: