आमालाई धर्ती भन्नेहरु ‘बा’ लाई किन आकाश भनेनन


जेनी मगर


जिन्दगी जसरी नियालेर हेर्नुहुन्छ नि! त्यसरी नै अभ्यास गर्नुस्,ताकी हरेक समयले तपाईंलाई नयाँ पाठ सिकाओस् ।

अनि बर्सातले झरी दिए जस्तै समयले हरेक मोडमा हरेक ज्ञान, विषयबस्तुमा अट्ने प्रसंगको अन्तरालमा जिन्दगी अट्न नसक्ने भारित्वको कुनरामा यि ब्यक्त गरिएका प्रत्यक शब्द साहेद कम नै रहन्छन् । जसलाई ब्यक्त गरेर साभार गर्न खोजिएकी मात्र हुँ।

हो ! साँच्चै आमालाई धर्ती भन्नेहरु ‘बा’ लाई कहिलै आकाश भनेनन् । ‘बा’ सधैं ओझेलमा परे,मैले धेरै पढे आमाका बेदनाका कथाहरू तर कहिलै पढिन ‘बा’ का अनुहारमा सल्बलाएका दु:खका बर्ग-रेखाहरु ।

धेरै कवि, साहित्यकार,कलाकारहरुले आमाकै तारिफमा कबिता कोरे,आमाकै गीत-संगीत भरे, तर अंहम् ‘बा’ को विषयबस्तुमा उठान भएका कुनै लेख देखिन,साँच्चिकै भन्नू पर्दा पिडित त ती ‘बा’ छन्, जुन कुनै विषयबस्तुमा अट्न सकिरहेका छैनन् । जसको जिम्मेवारी काँधमा साहुको रिन, सन्तानको सपना अनि परिवारको जिम्मेवारी थुपरीएको छ।

जसलाई पूरा गर्न फाटेको डौडा सुरुवाल,बिना चप्पल चिरिएको खुट्टा र चाहुरिएको त्यो अनुहारमा चकिलो घामले पोलिरहन्छ। र,पनि पछाडी नहटी कामको चापमा रट्टीरहने त्यो आकाश ‘बा’ भन्दा अरु को हुन सक्छ??

प्रकाशित मिति : २०७७ जेष्ठ २९ गते बिहिवार