• २०७७ असार २३ गते मङ्गलवार
  • Preeti To Unicode

वीरेन्द्र अस्पतालमा गाेली चल्याे, एक सैनिककाे मृत्यु


जेठ ३०, काठमाडौं । स्वयम्भुस्थित छाउनीमा रहेको वीरेन्द्र अस्पतालमा गाेली चलेकाे छ । गएराति पौने १२ बजे गाेली चलेपछि त्यहाँ कार्यरत एक सैनिककाे मृ*त्यु भएकाे छ ।

अस्पतालमा ड्युटीमा रहेका नेपाली सेनाका प्यूठ बैतडीको सुर्मा गाउँपालिका–५ घर भएका डम्बर बहादुर विष्ट मृ*त अवस्थामा फेला परेको स्यम्भू प्रहरीले जनाएको छ । उनको छातीमा गोली लागेको प्रहरी को भनाइ छ ।

घटनाकाे प्रकृति हेर्दा ड्युटी बसेको बेला साथमा रहेको एसएलआर चलाएर उनले आफ्नो छातिमा गोली हानेको जस्तो देखिएको महानगरीय प्रहरी वृत्त स्वयम्भुका डीएसपी निरञ्जन भट्टले बताए । उनले आत्महत्या गरेको हुनसक्ने आशंका गरिए पनि विस्तृत अनुसन्धानपछि मात्र यकिन हुने उनकाे भनाइ छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ ३० गते शुक्रवार