सल्यानमा हराइरहेकी एक महिला ६ दिनपछि झुण्डिएकाे अवस्थामा फेला


जेठ ३०, सल्यान ।  सल्यानमा एक महिला हराएकाे ६ दिनपछि झुण्डिएकाे अवस्थामा मृत फेला परेकी छन् । जिल्लाकाे शारदा नगरपालिका वडा नम्बर १५ निवासी ३१ वर्षीया शुसिला राजगुरु हराएकाे ६ दिनपछि जंगलमा झुण्डिएकाे अवस्थामा फेला परेकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ ।

जेठ २३ गते घरबाट निस्किएकी उनि हिजाे जेठ २९ गते स्थानीय लाजनेटाकाे जंगलमा रुखमा झुण्डिएकाे अवस्थामा फेला परेकाे जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले बताए । उनि घरबाट हराएकाे भन्दै खाेजीकार्यकाे लागि परिवारले प्रहरीमा निवेदन दिएका थिए ।

बिहीबार स्थानीयहरु गाेठाला गएकाे समयमा उनलाइ झुण्डिएकाे अवस्थामा देखेपछि प्रहरीलाइ खबर गरेका थिए । शव गनाहुने अवस्थाकाे भएकाे र पाेष्टमार्टकाे लागि जिल्ला अस्पताल सल्यानमा ल्याइएकाे डिएसपी खतिवडाले बताए । घटनाकाे बारेमा थप अनुसन्धान भैरहेकाे उनकाे भनाइ छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ ३० गते शुक्रवार