• २०७७ असार २३ गते मङ्गलवार
  • Preeti To Unicode

सशस्त्र प्रहरी र भारतीय नागरिक बिच सर्लाहीमा झडप, एककाे मृ*त्यु, पाँच जना घाइते


जेठ ३०, सर्लाही । भारतबाट जबर्जस्ती नेपाल प्रवेश गर्न खोज्नेलाइ रोक्न खोज्दा सर्लाहीको सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ । झडपकाे क्रममा एक जना भारतीय नागरिकको मृ*त्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

शुक्रबार नेपाल प्रवेश गर्न खोज्ने भारतीय समूहलाई रोक्न खोज्दा उनीहरुबाट आक्रमण भएपछि गोली चलाउनु परेको सशस्त्र प्रहरीले जनाएको छ। त्यस क्रममा गोली लागेर एक जना भारतीय नागरिकको मृ*त्यु भएको बताइएको छ। मृतकको नाम, ठेगाना खुलेको छैन।

जबरजस्त नेपाल भित्रिने क्रममा भारतीय नागरिकले सशस्त्र प्रहरीको एसएलआर हतियार पनि खोसेका थिए। हतियार खोस्ने व्यक्तिलाई पक्राउ गरिएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ।

प्रकाशित मिति : २०७७ जेष्ठ ३० गते शुक्रवार